अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

बिजौरी रेडक्रसले गर्यो भित्तेपात्रो बिमोचन,रक्तदान तथा शुभकामना आदानप्रदान कार्यक्रम 

नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखाले नयाँ बर्षको पूर्वसन्ध्यामा आज रेडक्रस उपशाखा बिजौरीको सभाहलमा एक कार्यक्रमका बिच भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

भित्तेपात्रो बिमोचन तथा नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान कार्यक्रममा तुलसीपुर क्षेत्रमा रगतको अभाव देखिएको महसुस गर्दै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा २० जनाले रगत दान गर्नुभएको रेडक्रस बिजौरी उपशाखाका सह-कोषाध्यक्ष बिदुर गौतमले जानकारी दिनुभयो ।

भित्तेपात्रो बिमोचन गर्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले देशले हरेक दु:खमा सम्झिने संस्था रेडक्रस भएकाले यसले गर्ने हरेक गतिविधिहरुमा आफू सहभागी हुने र आफ्नो क्षेत्रबाट हरदम सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले बिजौरी उपशाखा जिल्लाकै नमुना शाखा भएको र यस शाखालाई अझै चलायमान गराउनका लागि स्थानीय सरकारले गर्ने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।उहाँले आत्मालाई साक्षी राखी मन वचन र कर्मले सेवा गर्ने सम्पुर्ण देशबासीलाई आउदै गरेक‍ो नयाँ बर्ष २०८२ सालको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकामा सरुवा भई आउनु भएका प्रमुख प्रसासकिय अधिकृत केशव राज पार्धेले आफू यहीँ नगरको बासिन्दा भएको र आफू जन्मे हुर्केको माटोमा आएर सेवा गर्न पाउँदा निकै खुसी भएको भन्दै सबै नगरबासीहरुको हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । साथै उहाँले रेडक्रस अन्तर्राष्ट्रिय संस्था भएको र यसले सरकारका गतिविधिहरुलाई सहयोग पुर्याउदै आएको हुँदा यस संस्थाको गरिमा निकै उचाईमा रहेको बताउदै नयाँ बर्ष २०८२ सालको सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष प्रेमनाथ योगीले नेपाल रेडक्रस सोसाइटी बिजौरी उपशाखालाई भित्तेपात्रो तयार गरि यसरी सबैलाई बोलाएर नयाँ बर्षको शुभकामना तथा रक्तदान कार्यक्रममा सहभागी गराउनु भएकोमा धन्यवाद ब्यक्त गर्दै आफुबाट हुने हर सहयोग नेपाल रेडक्रसलाई हुने बताउनुभयो ।

कार्यक्रमको शोभा बढाउन र उपस्थित सबैलाई मनोरञ्जन दिन गजलकार कपिल मणीले रक्तदान र देशको समसामयिक बिषय माथि गजल प्रस्तुत गर्नुभएको थियो ।

नेपाल रेडक्रस बिजौरी उपशाखाको कार्यवाहक सभापति मेनका शर्माको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्धे र तुलसीपुर १९ का वडा अध्यक्ष प्रेमनाथ योगीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका सह-कोषाध्यक्ष बिदुर गौतमको स्वागत मन्तब्यबाट सुरु भएको थियोे भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव मुकेश वलीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *