अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

तुल बहादुर कवँर मगर
मसुरीया २८,चैत ।
राप्ती गाउँपालिका दाङको आयोजनामा समृद्धिका लागि वन परियोजना अन्तर्गत वातावरण तथा वन उद्यमसम्बन्धी नीति नियमहरूबारे अभिमुखिकरण गोष्ठी बुधबार मसुरीयामा सम्पन्न भएको छ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले वातावरण संरक्षण र वन उद्यममार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिको बाटो खोल्न सकिने बताउनुभयो। उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्म सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

गोष्ठीमा डिभिजन वन कार्यालय लमहीका प्रमुख महेन्द्रराज वाग्लेले वातावरण तथा वन उद्यमसम्बन्धी विद्यमान नीति नियमहरूबारे जानकारी गराउँदै तिनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याउनुभयो। त्यस्तै, उपेन्द्र अर्यालले विपद् व्यवस्थापन तथा वन डढेलो नियन्त्रणका उपायहरूबारे जानकारी दिनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,राप्ती सब डिभिजन कार्यालय मसुरीयाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका वन प्रविधिक विपिन भुसालले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *