अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

शिक्षक आन्दोलनप्रति राप्ती गाउँपालिकाको ऐक्यबद्धता : शिक्षकका जायज माग चाँडो सम्बोधन गर्न सरकारलाई आग्रह

तुल बहादुर कवँर मगर
मसुरीया, २७ चैत।
दाङको राप्ती गाउँपालिकाले काठमाडौँमा जारी शिक्षक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल सरकारलाई शिक्षकका जायज माग शीघ्र सम्बोधन गर्न आग्रह गरेको छ।

बुधबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई पत्र लेख्दै आन्दोलनरत शिक्षकका जायज मागहरू शीघ्र सम्बोधन गर्न आग्रह गरेका हुन्।

संघीय शिक्षा ऐन हालसम्म जारी नभएकै कारण आफ्नो माग सम्बोधन नभएको भन्दै राप्ती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू चैत २० गतेदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन आन्दोलनमा सहभागी छन्। यस आन्दोलनका कारण विद्यालयका नियमित कामकाज, विद्यार्थी भर्ना तथा नतिजा प्रकाशन जस्ता महत्वपूर्ण प्रक्रिया प्रभावित भएका छन्।

यस सन्दर्भमा राप्ती गाउँपालिकाले नेपालको संविधान र स्थानीय तहको अधिकार अनुसार शिक्षा व्यवस्थामा असर नपर्ने गरी शिक्षक तथा कर्मचारीका पेशागत मागप्रति ऐक्यबद्धता जनाएको छ। साथै, आन्दोलनरत शिक्षक तथा कर्मचारीहरूलाई उच्च मनोबलका साथ कार्यक्षेत्रमा फर्कन सक्ने वातावरण सिर्जना गर्न सरकारलाई हार्दिक अनुरोध गरिएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *