अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

दोस्रो घोराही गोल्ड कप : शान्तिनगरलाई हराउँदै राप्ती सेमिफाइनलमा

तुल बहादुर कवँर मगर
घोराही, २४ चैत।

दाङको घोराहीमा जारी दोस्रो संस्करणको घोराही गोल्ड कप फुटबल प्रतियोगितामा राप्ती गाउँपालिकाले शान्तिनगर गाउँपालिकालाई ३–१ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।

घोराही उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको आइतबार भएको खेलमा राप्ती गाउँपालिकाले पहिलो हाफमै तीन गोल गर्दै निर्णायक अग्रता लिएको थियो। खेलको ६औँ, १४औँ र २०औँ मिनेटमा राप्तीका खेलाडी भूपेन्द्र कार्कीले लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।

खेलको दोस्रो हाफमा शान्तिनगरका आशिष रानाले एक मात्र गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शनका लागि राप्तीका भूपेन्द्र कार्कीलाई म्यान अफ द म्याच घोषित गर्दै नगद २५ सय रुपैयाँ प्रदान गरिएको छ।

यसअघि उद्घाटन खेलमा तुलसीपुर उपमहानगरपालिकाले लमही नगरपालिकालाई १०–३ को फराकिलो अन्तरले पराजित गरेको थियो। त्यस्तै, आइतबार बिहान सम्पन्न खेलमा गढवा गाउँपालिकाले दंगीशरण गाउँपालिकालाई टाईब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

प्रतियोगितामा दाङका आठ स्थानीय तह घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिकाको टोली सहभागी छन्।

चैत २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद १ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनका अनुसार प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *