अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

वायु प्रदर्शनका कारण महिला बालबालिका प्रभावित भएको भन्दै सरकारलाई ध्यानाकर्षण

 

काठमाडौँ । वायु प्रदूषणका कारण महिला, गर्भवती, बालबालिका  र सीमान्तकृत समुदाय बढी प्रभावित भएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। स्वस्थ वातावरण सबैको अधिकार भन्दै उनीहरूले संवैधानिकरुपमा स्थापित हकलाई व्यवहारमा सुनिश्चत गर्न सरकारसँग माग गरेका छन्।

महिला र बालबालिकाको क्षेत्रमा कार्यरत महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले शुक्रबार वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्‌काल घोषणा गरी वायु प्रदूषण नियन्त्रणका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरेको छ। शुक्रबार ओरेकका कार्यक्रम संयोजक तथा अधिकारकर्मीहरू सावित्री विक, कमला पोखरेल, अनुपमा पोखरेल र अम्बिका अमात्यले वनमन्त्री शाहीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए।

‘काठमाडौं उपत्यकामा विगत एक हप्तादेखि देखिएको खतरनाकस्तरको वायु प्रदूषणले विशेषगरी महिला, बालबालिका, गर्भवती तथा स्तनपान गराउने आमाहरू र जेष्ठ नागरिकहरू तथा सडकपेटीमा रहेर श्रम गर्ने श्रमिकहरूमा गम्भीर स्वास्थ्य जोखिम सिर्जना गरेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्ने मौलिक अधिकार व्यवस्था गरेको छ। यद्यपि, हालको वायु प्रदूषण संकटले यो संवैधानिक अधिकारको उल्लंघन गर्दै जनस्वास्थ्यमा गम्भीर खतरा सिर्जना गरेको छ।’

काठमाडौँका अस्पतालहरूमा देखिएको बिरामीको चापले पनि श्वासप्रश्वास सम्बन्धी आपत्‌कालीन घटनाहरूमा वृद्धिको संकेत गरेको उनीहरूको भनाइ छ ।
उनीहरूले वायु प्रदूषणलाई जनस्वास्थ्य आपत्‌काल घोषणा गरी तत्काल न्यूनीकरणका उपायहरू कार्यान्वयन गर्न माग गरेका छन् । त्यस्तै, अनुगमन संयन्त्रहरूलाई प्रभावकारी बनाउने र वातावरणीय नियमनहरूलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने, महिला र सीमान्तकृत समुदायहरूमा वायु प्रदूषणको असमानुपातिक प्रभावलाई सम्बोधन गर्न लैङ्गिक उत्तरदायी नीतिहरू लागू गर्नुपर्ने माग गरेका छन्।

त्यस्तै, वायु गुणस्तर व्यवस्थापन, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, र शहरी हरियालीको विस्तार जस्ता दीर्घकालीन, दिगो समाधानहरूमा लगानी गर्नुपर्ने, वायु प्रदूषण नियन्त्रण गर्न छिमेकी देशहरूसँग क्षेत्रीय सहकार्य स्थापित गर्नुपर्ने तथा मानव अधिकार र पर्यावरणीय न्यायप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *