अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

प्रेन्सा रेग्मीले औँल्याइन संविधान संशोधनको बुँदा

काठमाडौँ । संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत प्रेन्सा रेग्मीले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । कास्कीको पोखरा लामाचौरस्थित श्री गण्डकी बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत प्रेन्सा रेग्मीले संविधानको धारा २१५ को उपधारा ९ र धारा १०२ मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै तत्काल सच्याउनुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

 

 “संविधानको धारा २१५ को उपधारा ९ मा गाउँपालिकाका ‘अध्यक्ष वा उपाध्यक्षको एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा उपधारा ७ बमोजिम पद रिक्त हुन गएमा बाँकी अवधिका लागि रिक्त पदको पूर्ति उपनिर्वाचनद्वारा हुनेछ’ भनी उल्लेख गरिएकामा सो उपधारामा त्यसबमोजिमको व्यवस्था नरहेकाले सच्याउन आवश्यक छ”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भनिन् ।

  उपधारा ७ मा अध्यक्षको पदमा दुई कार्यकाल निर्वाचित भएको व्यक्ति गाउँपालिकाको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ । सो धाराको उपधारा ९ र ७ मा भएको व्यवस्था एकार्कासँग मेल नखाएको रेग्मीको दाबी छ । त्यस्तै संविधानको धारा १०२ मा उल्लेखित ‘अनधिकार उपस्थित भएमा वा मतदान गरेमा’ भन्ने व्यवस्था पनि अस्पष्ट रहेको उनको जिकिर छ ।

 

 राउटे बालबालिकालाई शिक्षाको अधिकार खोइ ?

 छात्रा रेग्मीले राउटे समुदायको बालबालिकामा शिक्षासम्बन्धी मौलिक हकको कार्यान्वयन गर्नसमेत माग गरेकी छिन् । संविधानमा शिक्षा र बालबालिकासम्बन्धी मौलिक हक भए पनि राउटे समुदायका बालबालिका उक्त अधिकारबाट वञ्चित रहँदै आएको उल्लेख गर्दै शिक्षाको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

 

  “संविधानको धारा १३३ को उपधारा २ बमोजिम तत्काल कानुन बनाएर राउटे समुदायको बालबालिकाको शिक्षाको सुनिश्चितता गर्न सम्बन्धित स्थानीय सरकारलाई परामादेश जारी गर्न सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरिरहेको छु”,उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *