अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

राप्ती गाउँपालिकामा ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया

तुल बहादुर कवँर मगर
मसुरीया, २० चैत।
दाङको राप्ती गाउँपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारी सञ्चालनका अवसर, चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ।

कार्यक्रम सहकारी सञ्जाल राप्तीका अध्यक्ष ताराप्रसाद भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

“मर्यादित सहकारी : समुन्नत समाज” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न पक्षमा छलफल गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले समाजवाद उन्मुख अर्थतन्त्रको विकास सहकारीबाट मात्रै सम्भव हुने धारणा व्यक्त गर्नुभयो। उहाँले सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै सहकारीकर्मीहरू मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, लोभ प्रवृत्तिले सहकारी संस्थाहरू धरासायी हुने खतरा रहेको भन्दै सहकारीको मर्यादा कायम राख्न सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो। त्यस्तै अध्यक्ष विष्टले स्थानीय सरकार सदैव सहकारी संस्थासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो।

साे अवसरमा सहकारी दर्ता अधिकारीकाे कार्यालय राप्ती उपत्यका देउखुरीका वरिष्ठ शाखा अधिकृत बाबुराम पन्थीले सहकारी संस्था सञ्चालनका सिद्धान्त मूल्य मान्यता र सहकारी संस्थाका वर्तमान समस्या,चुनाैती र समाधानका उपाय सम्बन्धि र राप्ती गाउँपालिकाका सहकारी शाखा प्रमुख दामोदर आचार्यले गाउँपालिकामा सहकारी संस्थाहरूकाे अवस्थाकाे बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सदस्य खुशल घिमिरे, सहकारीकर्मीहरू शिध्वज मल्ल, ऋषिराम खनाल, कृष्णराज पाैडेलगायतका सहभागीहरूले सहकारी क्षेत्रका अवसर, वर्तमान चुनौती र तिनको समाधानका उपायबारे आफ्ना विचार व्यक्त गर्नु भएको थियो।

गाउँपालिकाको नियमन क्षेत्र भित्र रहेका ३७ सहकारी संस्था मध्ये २५ सहकारी संस्था सक्रिय रुपमा सञ्चालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *