अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

सचेत र जिम्मेवार भएर कलम चलाउनुस् : प्रदेशसभा सदस्य थारू

तुल बहादुर कवँर मगर / भालुवाङ, १६ चैत

लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारूले पत्रकारहरूलाई सचेत र जिम्मेवार भएर कलम चलाउन आग्रह गर्नु भएको छ।

शनिबार राप्ती गाउँपालिका-३ मसुरीयामा सम्पन्न राप्ती प्रेस मञ्चको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै थारूले सञ्चार क्षेत्रको संवेदनशीलता औंल्याउँदै निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुभयाे। उहाँले भन्नुभयो, “पत्रकारिता समाज परिवर्तनको मुख्य आधार हो। सत्य, निष्पक्षता, र जिम्मेवारीसहित कलम चलाउनु सबै पत्रकारहरूको कर्तव्य हो।”

उहाँले देउखुरी उपत्यका लुम्बिनी प्रदेशको राजधानी भएसँगै यहाँका पत्रकारहरूलाई स्थापित हुने अवसर प्राप्त भएको उल्लेख गर्दै पत्रकारिता पेशामा थप सतर्कता र अनुशासन आवश्यक रहेको बताउनुभयो। “पत्रकारितामा कुनै प्रकारको पूर्वाग्रह वा दबाब हुनुहुँदैन। सत्यको पक्षमा उभिएर, समाजलाई सुसूचित गर्ने दायित्व पत्रकारहरूको हो,” उहाँले थप्नुभयाे।

राप्ती प्रेस मञ्चको नयाँ कार्यसमिति चयन

राप्ती प्रेस मञ्चको अधिवेशनले अर्जुन कुमार अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। समितिमा वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, खुल्ला उपाध्यक्ष बलराम शाही (भिसुन), महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल रहनु भएको छ।त्यस्तै सदस्यहरूमा मुक्तिराम पौडेल, लालमणी भुसाल, मोतीराम भट्टराई र निसा कुमारी चौधरी निर्वाचित हुनु भएको छ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक दामोदर भण्डारीर सदस्यहरु तुल बहादुर कवँर मगर र बिदुर एमसीले प्रमाणपत्र प्रदान गर्नु भएको थियो।

पत्रकार महासंघ सदस्य र पत्रिका वितरकलाई सम्मान

सो अवसरमा राप्ती प्रेस मञ्चले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्तालाई सम्मान गरेको छ। साथै, लामो समयदेखि पत्रपत्रिका वितरण गर्दै आएका भालुवाङ निवासी टुकबहादुर खत्रीलाई नगदसहित सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरू, व्यवसायी तथा सामाजिक अभियन्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *