अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाठकद्वारा सेवा प्रवाह सुधारका लागि छलफल

तुल बहादुर कवँर मगर
मसुरीया, १५ चैत।
दाङको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा सचिव, प्राविधिक कर्मचारी र स्वास्थ्य संस्थाका प्रमुखहरूसँग शुक्रबार छुट्टाछुट्टै छलफल गर्नुभएको छ।

प्यूठानको सरुमारानी गाउँपालिकाबाट सरुवा भई राप्ती गाउँपालिकामा आएपछि पाठकले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने तथा समस्या समाधानका उपायहरू खोज्न यस्तो पहल सुरु गर्नुभएको हो।

वडा सचिवहरूसँगको छलफलमा प्रशासनिक सुधार, नागरिकले सेवा लिँदा भोग्ने समस्याको पहिचान र तिनको समाधानबारे छलफल गर्नुभएको थियो। सचिवहरूको भूमिका जनमुखी सेवा प्रवाहका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै पाठकले थप जिम्मेवार भएर काम गर्न निर्देशन दिनुभयो।

प्राविधिक कर्मचारीहरूसँगको छलफलमा पाठकले गाउँपालिकाभित्र भइरहेका विकास निर्माणका कामहरूको प्रगति, गुणस्तर र समयसीमाबारे जानकारी लिनुभएकाे थियो। विकास निर्माणले नागरिकको जीवनस्तर सुधार्ने भएकाले कामको गुणस्तरमा विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

स्वास्थ्य संस्थाका प्रमुखहरूसँग छलफल गर्दै उहाँले स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि आपूर्ति र सेवा प्रवाह सहज बनाउन विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नागरिकलाई गुणस्तरीय सेवा दिन स्वास्थ्य संस्थाले हरसम्भव प्रयास गर्नुपर्ने उहाँले भनाइ थियो।

छलफलमा सहभागी कर्मचारीहरूले आफ्ना क्षेत्रका समस्याहरू र समाधानका उपायहरू बारे जानकारी गराउनु भएको थियो। पाठकले ती समस्याहरू समाधान गर्न आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै यस्ता छलफलले सेवा प्रवाह र विकास कार्यलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले आगामी दिनमा पनि नियमित रूपमा कर्मचारीहरूसँग छलफल गर्ने योजना रहेको जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *