अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

तुलसीपुर १८ लाई तरकारी उत्पादनको हव बनाउन ३ दिने तालिमको उद्घाटन

सिएनटीप्रेस समाचारदाता / चैत १५          

दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को आयोजनामा ३ दिने तरकारी खेती तालिमको उद्घाटन गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को सभाहलमा तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष माधव वलीले बिद्यमान समाजमा हामी व्यावसायिक तरकारी खेती गर्न नसक्दा बाहिरबाट आयत भएर आउने तरकारी खान बाध्य भएकाले यस्ता कुराहरुलाई रोक्नका लागी तालिमको आयोजना गरिएको बताउनुभयो ।

वडा अध्यक्ष वलीले बाहिरबाट आउने तरकारीहरुमा बिषादी हुने र त्यसले मानव जातीको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने भएकाले आफ्नै घरमा उत्पादन गरेको ताजा तरकारीहरुले स्वास्थ्यलाई पनि फाइदा हुने र उत्पादन गरेको तरकारीहरु बजारमा बेचबिखन गर्दा त्यसबाट आम्दानी पनि हुने हुँदा तालीमले वडा नं १८ लाई कृषीमा आत्मनिर्भर बनाउने कुरामा बिश्वास गर्न सकिने बताउनुभयो ।

उहाँले महिला दिदिबहिनीहरुका लागी बिशेष गरि यो तालिमको आयोजना गरिएको र यस तालिम पश्चात आफ्नै घरमा उत्पादन भएका अर्गानिक तरकारीहरु उत्पादन गर्नमा प्रशिक्षार्थीहरुले मेहनत गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।

साथै वडा अध्यक्ष वलीले तुलसीपुर उपमहानगरपालिका कृषी विकास समितिको मिति २०८१/०७/२९ गतेको निर्णय अनुसार आ.ब. २०८१/०८२ का लागी तुलसीपुर १८ नं वडालाई हाट बजारको व्यवस्थापनको समेत जिम्मा दिएकाले महिला दिदिबहिनीहरुले उत्पादन गरेका तरकारीहरुले बजार पाउदैनन् कि भन्ने चिन्ता दुर भएको जिकिर गर्नुभयो ।

३ दिने तरकारी खेतीको प्रशिक्षक कृषि विकास शाखाका अधिकृत कुलराज चौधरीले प्रशिक्षार्थीहरुले सिकाएको कुरा व्यवहारमा लागु गरि तरकारी खेती गर्न थाल्नुभयो भने वडा नं १८ लाई तरकारी खेतिको हव बनाउन सक्ने कुरामा कुनै शंका नरहेको बताउनुभयो । उहाँले १८ नं वडाले प्रत्येक कृषकहरुका लागी उदाहरणीय कामहरु गर्दै आइरहेको र यहाँको माटो समेत तरकारी खेतीका लागी उपर्युक्त भएकाले यस तालिम पश्चात यहाँका कृषकहरुले घरायसी प्रयोजनका लागी मात्रै नभएर व्यावसायिक रुपमा तरकारी खेती गर्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता एवम् कृषी शाखाका अधिकृत कुलराज चौधरीको प्रमुख आथित्यतामा सम्पन्न उद्घाटन कार्यक्रम वडा सदस्य सितल प्रसाद बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *