
तुलसीपुर , ८ चैत
तुलसीपुर बैंकर्स क्लबको अध्यक्षमा रञ्जन कोइराला सर्वसम्मत चयन हुनुभएको छ। शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघमा बसेको बैंकर्सको बैठकले कोइरालालाई पूर्ण नियुक्ति गरेको हो ।

सनराईज बैक लिमिटेडका प्रबन्धक समेत रहनुभएका कोईराला युवा बैंकर्ष हुनुहुन्छ ।

क्लबको उपाध्यक्षमा सुधिर भण्डारी, सचिबमा ज्योति प्रसाद डाँगी, कोषाध्यक्षमा जनक शाह, सह-सचिवमा रविन भट्टराई चयन हुनुभएको छ।
त्यसै गरि सदस्यमा दिपेन्द्र थापा, दुर्गा ओली, नवराज सापकोटा, शारदा भट्टराई, कुसुम डाँगी चयन हुनुभएको छ।
बैंकर्सको सल्लाहकारमा तुलसीपुर बैंकर्सका पूर्व अध्यक्ष सरोज कुमार लामिछाने,राजीव ओली,किरण आचार्य चयन हुनुभएको छ ।