
तुलसीपुर, ४ चैत । घाेराही- तुलसीपुर सडक अन्तरगत दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ बेलझुण्डीमा यात्रुवाहक बस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन्।
घाेराहीबाट तुलसीपुर आउदै गरेकाे रा १ ख ३१२६ नम्बरकाे यात्रुबहाक बस साेमबार दिउसाे साढे २ बजेतिर दुर्घटनामा परेकाे हाे ।बस तिब्र गतिमा थियाे । माेटरसाईकललाई बचाउन खाेज्दा अनियन्त्रित भई बस पल्टिएकाे हाे । घाईतेहरूकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेकाे छ ।

यी हुन घाइतेहरु

१-जि.दाङ तुलसिपुर उ.म.न.पा.१८ बस्ने बर्ष २९ कि सुष्मा नेपालि दायाँ कान बायाँ हात र बायाँ खुट्टामा चोट सामान्य ।
२- ऐ. ६ बस्ने बर्ष ३६ कि लक्ष्मि गौतम टाउकोमा चोट सामान्य ।
३- ऐ. बस्ने बर्ष ६१ कि धनि के.सि. टाउकोमा चोट सिरियस ।
४- ऐ. १२ बस्ने बर्ष ४० कि बुद्धि खत्रि ढाडमा चोट सामान्य ।
५- ऐ.७ बस्ने बर्ष ४० को भुप बहादुर बस्नेत टाउको, दायाँ हात र खुट्टामा चोट सामान्य ।
६- ऐ. १२ बस्ने बर्ष ३३ कि रिता नाथ मुखमा चोट सामान्य ।
७- ऐ. ५ बस्ने बर्ष १९ को प्रतिक बुढाथोकि छातिमा चोट सामान्य ।
८- ऐ. बस्ने बर्ष १७ को डम्बर बुढाथोकि बायाँ खुट्टामा चोट सामान्य ।
९- गाडि धनि ऐ. १० बस्ने बर्ष ६२ को झक बहादुर बस्नेत दायाँ हातमा चोट सामान्य ।
१०- ऐ. शान्तिनगर गा.पा. ४ बस्ने बर्ष ३५ कि कल्पना पौडेल दायाँ हात र टाउकोमा चोट सामान्य ।
११- जि.सल्यान दार्मा गा.पा. १ बस्ने बर्ष १८ कि यसोदा वलि निधार बायाँ हात खुट्टामा चोट सामान्य ।
१२- जि. दाङ दंगिशरण गा.पा. ४ बस्ने बर्ष २१ कि लक्ष्मि चौधरी टाउकोमा चोट सामान्य ।
१३-मो.सा. चालक जि.दाङ तुलसीपुर उ.म.न.पा. १८ बस्ने बर्ष ३६ को निम बहादुर वि.क. दुवै खुट्टामा चोट सामान्य ।