अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो

दाङ / चैत, ०२

दाङको तुलसीपुरमा सन्चालित पिस पायनर इङ्ग्लिस मोडेल स्कुलले आफ्नो २२औँ तथा अन्तिम बार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित ड्रिम्स बैङ्क्विट मा एक कार्यक्रम गर्दै स्कुलले आफ्नो २२ औँ बार्षिकोत्सव मनाएको हो । हालसम्म पिस पायनर इङ्ग्लिस बोर्डिङ स्कुलको नामबाट सन्चालन भैरहेको स्कुल तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मा रहेको डिभाइन एजुकेसन फाउन्डेसन प्रा.लिमा गाभिए संगै अबको शैक्षिक बर्ष देखि डिभाइन पाठशालाको नामबाट सन्चालन हुनेछ ।

वि.सं २०५१ सालदेखि हालसम्म सन्चालनमा आइरहेको पिस पायनर इङ्ग्लिस मोडेल स्कुलमा कक्षा ५ सम्म पठनपाठन भैरहेकोमा अबको शैक्षिक बर्ष देखि डिभाइन पाठशालाको नामबाट सन्चालनमा आउने आज २२ औँ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै डिभाइन एजुकेसन फाउन्डेसनका सि.इ.ओ भोजराज न्यौपानेले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै सि.इ.ओ न्यौपानेले समयको माग र आवश्यकतालाई मध्यनजर गर्दै पिस पायनर लाई डिभाइन एजुकेशन फाउन्डेसनमा गाभेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री लुम्बिनी प्रदेश शभा सदस्य मा. धनबहादुर मास्की’राजेश’ ले शिक्षामा व्यवसायिकरण भैरहेको समयमा डिभाइन एजुकेशन फाउन्डेसनले विद्यार्थीको क्षमता वृद्धिमा विशेष ध्यान दिँदै व्यवहारिक शिक्षालाई जोड दिएकोमा सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै विशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष दुजमान भण्डारी’बर्षात’ ले आफ्नो वडा मा सन्चालन भैरहेको डिभाइन एजुकेशन फाउन्डेसनको यो शैक्षिक उडानलाई आफुले पनि गर्व गर्नुपर्ने बताउनु भयो । र फाउन्डेसनको सफलताको लागी आफु सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो ।

डिभाइन एजुकेसन फाउन्डेसनका सि.इ.ओ भोजराज न्यौपानेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण महेश लामिछानेले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *