अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

राप्तीमा आरन पेशा संरक्षणका लागि दुई महिने तालिम सुरू

 

मसुरीया, २६ फागुन

परम्परागत आरन पेशाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकाले खुकुरी तथा कृषि औजार निर्माणसम्बन्धी दुई महिने तालिम सुरु गरेको छ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा दलित सञ्जाल राप्तीको आयोजनामा सुरु भएको तालिमको सोमबार वडा नं. ३ का अध्यक्ष उमेश अधिकारीले उद्घाटन गर्नुभयो।

उद्घाटन कार्यक्रममा अध्यक्ष अधिकारीले परम्परागत आरन पेशा लोप हुने जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो।

त्यस्तै युवाहरूमा यो पेशाप्रति घट्दो रुचि पुनः जागृत गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

नेपाल एकीकरणमा खुकुरीको ऐतिहासिक महत्त्वको चर्चा गर्दै अध्यक्ष अधिकारीले
राप्तीलाई चिनाउने गरी विभिन्न प्रकारका खुकुरी निर्माण गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो।

त्यस्तै उहाँले तालिमपछि व्यावसायिक रुपमा अगाडि बढ्न सहभागीहरूलाई प्रेरित गर्दै उत्पादित सामग्रीको बजारीकरणमा वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य रणबहादुर पुजारी, वडा नं. ८ का सदस्य भानु विक, दलित अगुवा रङ्गबहादुर सुनुवारलगायतले आरन पेशा संरक्षणमा पालिकाले गरेको पहलको प्रशंसा गर्दै आगामी दिनमा थप यस्ता तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा वडा नं. २ का सदस्य तुल्सा विक, घण्टदेव सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्योधन पाण्डे, पत्रकार ओमप्रकाश गुप्ता लगायतको उपस्थिति रहेको थियो।

सञ्जालका अध्यक्ष ठगेन्द्र परिवारको अध्यक्षतामा तथा सल्लाहकार इन्द्रजित गोतामेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव रामकृष्ण सुन्दासले गर्नुभएको थियो।

नौ जना प्रशिक्षार्थीहरु सहभागी रहेको  तालिमको प्रशिक्षकमा विष्णु रसायली रहनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *