अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

राप्तीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत

तुल बहादुर कवँर मगर / मसुरीया, २४ फागुन 

दाङको राप्ती गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउनु भएका देविराम पाठकलाई स्वागत गरेको छ।

गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरीसहित अन्य जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमालासहित प्रमुख प्रशासकीय अधिकृत पाठकलाई स्वागत गर्नुभएको हाे।

स्वागत कार्यक्रममा अध्यक्ष विष्टले पाठकलाई कार्य सम्पादन पत्र प्रदान गर्दै उहाँको आगमनले गाउँपालिकाको सेवा प्रवाह, सुशासन र समग्र विकासलाई नयाँ ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो।

“आवश्यकताका आधारमा निर्णय लिने, स्रोत साधनको अधिकतम उपयोग गर्ने र सुशासनलाई सुदृढ बनाउने कार्यमा पूर्ण प्रतिबद्धता आवश्यक छ। तपाईंकै नेतृत्वमा राप्ती गाउँपालिकाले उत्कृष्टता हासिल गर्नेछ भन्ने अपेक्षा राख्छु,” अध्यक्ष विष्टले भन्नुभयाे।

नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजनाहरूलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै अध्यक्ष विष्टले समन्वयात्मक कार्यशैलीलाई प्रवर्द्धन गरि अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत पाठकको अनुभव, कार्यक्षमता र नेतृत्व क्षमताले सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।

नयाँ प्रमुख प्रशासकीय अधिकृत पाठकले गाउँपालिकाको समृद्धि र विकासका लागि सबै पक्षसँग आवश्यक सहयोग र समन्वय गर्दै निष्पक्षता, इमानदारिता र मेहनतका साथ अधिकतम प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका नेब बहादुर वली सहसचिव पदमा बढुवा भई बाँसगढी नगरपालिकामा गए पछ पाठक प्यूठानको सरुमारानी गाउँपालिकाबाट सरुवा भई राप्ती गाउँपालिकामा आउनुभएकाे हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *