अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आज फागुन २४ गते शनिबारको राशिफल हेर्नुहोस

🙏🇳🇵,,,,,,,,,राधे राधे,,,,,,,,🇳🇵🙏

शुभ प्रभात

२०८१/११/२४ शनिवार

फाल्गुन शुक्ल पक्ष नवमी तिथि

अन्तराष्ट्रीय नारी दिवस,

 

राशी फल

मेष:चु,चे,चो,ला,लि,लु,ले,लो,अ

प्रतिकुल समय रहेको छ,आर्थिक नोक्सान हुन सक्ने छ,आफन्त टाढिन सक्ने समय छ,आर्थिक समस्या झेल्नु पर्ने छ।

 

बृष:इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

परिस्थिती सहज बन्ने छ,ब्यवधान हरु सुल्झिने छन,मान सम्मान बड्ने छ,काम गर्ने उत्साह बड्ने छ, प्रेम सम्बन्ध ले हौसला मिल्ने छ।

 

मीथुन:क,कि,कु,घ,ङ,छ,के,को,ह

धन आर्जन को समय रहेको छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,प्रेम सम्बन्ध सुमधुर रहने मन मा उत्साह बड्ने छ।

 

कर्कट:हि,हु,हे,हो,डा,डि,डु,डे,डो

परिश्रम अनुरूप सफलता मिल्ने छ,दाजु भाइ मा बैमनस्यता बड्न सक्छ,आलस्यता बड्ने समय छ,कठिन कार्यलाइ सम्पादन गर्नु पर्ने छ।

 

सिंह:मा,मि,मु,मे,मो,टा,टि,टु,टे

पेट को समस्या देखिन सक्छ,ब्यवसाय बाट लाभ मिल्ने छ,सोचेका कार्य हरु सफल बन्ने छन,यात्रा को योग रहेको छ,ब्यवहारिक समस्या समाधान हुने छ।

 

कन्या:टो,प,पि,पु,ष,ण,ठ,पे,पो

प्रेम सम्बन्ध सुमधुर रहने छ,गरेका कार्यहरुले सकारात्मक प्रतिफल मिल्ने छ,रोजगारी का अवसर मिल्ने छन,नया कार्यको थालनी ले सफलता दिने छ।

 

तुला:रा,रि,रु,रे,रो,ता,ती,तु,ते

स्वास्थ्य मा समस्या देखिन सक्छ,शत्रु प्रवल रहने छन,हातेमालो गर्ने भन्दा खुट्टा तान्ने बडि देखिने छन,सजग बनेर अघि बड्नु पर्ने छ।

 

बृश्चिक:तो,ना,नि,नु,ने,नो,या,यी,यु

साजेदारिका कार्यबाट लाभ मिल्ने छ,दम्पती मा वाद विवाद हुन सक्छ,खर्च बड्ने समय छ,बोली मा सम्यमता अपनाउनु पर्ने छ।

 

धनु:ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

कार्यमा ब्यवधान उत्पन्न हुने छ,चोट लाग्न सक्ने समय छ,पारिवारिक चिन्ता ले सताउने छ,आर्थिक समस्या का कारण मन खिन्न रहने छ।

 

मकर:भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ने छ,पदोन्नतिको समय छ,सामाजिक प्रतिष्ठा बड्ने छ,आय आर्जन सकारात्मक रहने छ।

 

कुम्भ:गु,गे,गो,सा,सि,सु,से,सो,द

रोजगारिमा आवद्ध हरुका निमित्त लाभ दायक समय छ,क्रोध लाई सम्यम गरेर अघि बड्नु पर्ने छ,काम गर्ने उत्साह वृद्धि हुने छ।

 

मीन:दि,दु,थ,झ,ञ,दे,दो,च,चि

पारिवारिक सहयोग मिल्ने छ,सकारात्मक उर्जा बड्ने छ,राजनितिक तथा सामाजिक क्षेत्रबाट प्रतिष्ठा बड्ने छ,मित्र सङ्ग भेटघाट रहने छ।

 

राशी ले जस्तो फल बताये पनि हजुरहरुको कार्यसफलता को कामना,यात्रा मा रहनुहुने लाई मङ्गलयात्राको कामना,अस्वस्थ हुनुहुन्छ भने स्वास्थ्य लाभ को कामना,जन्मदिन मनाउदै हुनुह्न्छ भने जन्मफिन को शुभकामना,पाथिभरा भगवतिले सबैको मनोकामना पूर्ण गर्नुहुने छ।

 

ज्यो.पं.सुदीप नेपाल(झापा)

मो.न.9862668197

Leave a Reply

Your email address will not be published. Required fields are marked *