अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

श्री गणपति ज्वेलर्सद्वारा विद्यालयलाई खेलकुद सामग्री प्रदान

दाङ,२३ फागुन । श्री गणपति ज्वेलर्सले आफ्नो दशौँ वार्षिकोत्सवको अवसरमा खेलकुद सामग्री वितरण गरेको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको ज्ञानज्योति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको हो । सञ्चालक मनिष शाहले तुलसीपुर नगर जेसिजको सहकार्यमा आयोजित कार्यक्रममा भलिबल, ब्याडमिन्टन, बल, क्रिकेट लगायतका सामग्री प्रदान गरेका हुन्। बालबालिकाको खेलकुद क्षेत्रको विकासलाई ध्यानमा राख्दै उनीहरूको सर्वाङ्गिण विकासका लागि विद्यालयमा खेलकुद सामग्री प्रदान गरिएको उनको भनाइ थियो।

तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा पूर्व अध्यक्ष दिपेश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि दिपेश भण्डारीले शिक्षा मात्र नभई स्वास्थ्य पनि महत्वपूर्ण भएकाले नगर जेसिजले आवश्यकतालाई ध्यानमा राखी आफ्ना कार्यक्रम अगाडि बढाउनुपर्ने बताएका छन्।

विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरेले यस्तो सहयोग विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा मद्दत पुग्ने भन्दै धन्यवाद व्यक्त गरे।

संयोजक सन्तोष खड्काले १० औं वर्ष प्रवेशको अवसरमा आयोजना गरिएको यो कार्यक्रम समाजसेवाको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे। विद्यालय व्यवस्थापन समिति अध्यक्ष अध्यक्ष लक्ष्मी परियारले जेसिजले गरेको सामाजिक कार्य उदाहरणीय र प्रशंसायोग्य रहँदै आएको बताइन्

नगर जेसिज अध्यक्ष सन्दीप भुसालले खेलकुद अनुशासनमा बाध्ने तथा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने माध्यम भएकाले प्रदान गरिएको खेल सामग्री महत्वपूर्ण हुने बताए। कार्यक्रमको सहजीकरण महासचिव बुद्धि प्रकाश सापकोटाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *