अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

तुलसीपुरमा विद्यार्थीलाई लागू औषध बारे सचेतना कक्षा  

टेकराज भण्डारी / तुलसीपुर, २३ फागुन 

पछिल्लो समय दाङमा लागू औषधको सेवन तथा ओसारपसार बढ्दै गएपछि विद्यार्थीलाई कुलतबाट जोगाउन ‘लागूऔषध दुर्व्यसन सम्बन्धि  सचेतनामूलक कार्यक्रम’  गरिएको छ ।

जनसेवा बचत तथा ऋण सहकारी संस्था लि.ले आयोजना गरेको ‘लागूऔषध दुर्व्यसन सम्बन्धि  सचेतनामूलक कार्यक्रम’ अन्तर्गत तुलसीपुर ७ मा रहेको माध्यमिक विद्यालय कालाखोलामा सचेतनामूलक प्रशिक्षण गरिएको छ ।

जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष जीवन भण्डारीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष रामबहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यो अभियानले जोखिम क्षेत्रका विद्यालयमा प्रहरीले पुगेर विद्यालयमा अध्ययनरत छात्र, छात्रा र शिक्षक शिक्षिकालाई लागु औषधबाट हुने हानि र त्यसका असरबारे जानकारी गराएर सचेत पार्ने कार्य शुरु गरेको वडा अध्यक्ष जिसीले बताउनुभयो  ।

सो कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका  प्रहरी निरीक्षक विनोद खत्रीले कक्षा ११ र १२ मा अध्ययनरत छात्रछात्रा र शिक्षकहरुलाई लागूऔषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी प्रशिक्षण दिनुभयो । उहाँले विद्यार्थी र यूवाले लागु औषधको कुलतबाट बच्नुका साथै कतै कसैले सो प्रयोग गरेको वा ओसारपसार गरेको बारे केही जानकारी हुने बित्तिकै प्रहरीलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

कक्षा ११ र १२ का ५५ जना विद्यार्थीको सहभागिता रहेको सो कार्यक्रममा सहभागी अधिकांश छात्रछात्राले लागू  औषधबाट जोगिने प्रतिबद्धता जनाउँदै अरुलाई पनि सो कुलतमा लाग्न नदिने प्रतिबद्धता जनाएको पूर्व प्रहरी निरीक्षक रामबहादुर जिसीले बताउनुभयो ।

यूवा तथा खेलकुद उप-समितिका संयोजक टेकप्रसाद भुसालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव दीपक केसीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *