अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

राष्ट्रव्यापी घोषणापत्र लेखन प्रतियोगिताको विजयी भए विजयराज

इन्टरनेशनल आइडिया र युवाको सह-आयोजनामा ‘यदि म नेता भएको भएँ’ विषयक राष्ट्रव्यापी घोषणापत्र लेखन प्रतियोगिताको प्रथम स्थान हासिल गर्न सुदूरपश्चिम बझाङ्गका विजयराज जोशी सफल भएका छन्।

युवा संस्थाले आव्हान गरेको प्रतियोगितामा युवाहरु (२१-२६) ले आफ्नो पालिकाको प्रमुख वा अध्यक्षको उम्मेद्वारी दिने सम्बन्धमा आफ्नो घोषणापत्र तयार गर्नुपर्ने मापदण्ड अनुरूप देशभरका विभिन्न पालिकाको प्रतिनिधित्व गर्दै आएका घोषणपत्रहरु मध्ये ६५+ घोषणापत्र मूल्यांकन गरिएको र सो मध्ये शीर्ष १० प्रतिस्पर्धीहरूलाई ललितपुरमा सम्पन्न दुई दिने (फाल्गुन १८ र १९) घोषणापत्र लेखन सम्बन्धी कार्यशालामा सहभागी गराई नतिजा प्रकाशन र पुरस्कार वितरण गरिएको थियो।

वर्तमान स्थितिमा राजनीतिप्रति युवाको सोच, चासो र धारणा बुझन र आफ्नो पालिकाको वस्तुस्थिति, स्थानीय स्रोत साधनको पहिचान र त्यी स्रोत साधनको उच्चतम प्रयोग गरी पालिकालाई समृद्ध बनाउन कसरी सकिन्छ भन्ने समालोचनत्मक सोचाइको विकास गराउन उक्त प्रतियोगिता आयोजना गरिएको हो।

स्थानीय स्रोत साधन, वस्तुस्थिति, नगरवासीको अवस्था, विकासको अवसर, सम्भावना र चुनौती, नगरको प्राथमिकतामा, दिगो विकास लक्ष्यको आन्तरिकरण, आवधिक योजना र स्थानीय तहको क्षेत्र अधिकारलाई ध्यानमा राखि जयपृथ्वी नगरपालिकाको नगर प्रमुखको उम्मेद्वार मानी घोषणापत्र तयार गरेको विजयराज जोशीले बताएका छन्। उनी भन्छन् “विगत आधा दशक भन्दा बढी समय देखि बालबालिका र किशोरकिशोरीको क्षेत्रमा गरेको प्रयास, पैरवी र वकालतले समाजको विद्यमान अवस्था, आवश्यकता र सोकाे परिपूर्तिको आधार सम्बन्धमा धारणा विकास गर्न सहयोग गरेको हो। हामी सबैले कहिले न कहिले “यदि म नेता भएको भए, म समुदाय र देशमा यस्तो गर्थे“ भन्ने सोच बनाएका हुन्छौ। मलाई पनि बेला–बेला जनप्रतिनिधि भएको भए, समाजको समस्या समाधान गर्दै कसरी परिवर्तन ल्याउन सकिन्थ्यो भन्ने सोच आउँछ र त्यो मानसपटलमा घुमिरहन्छ। यस्ता विचारहरू केवल कल्पनामा मात्र सीमित थिए। तर, यस घोषणा–पत्र लेखन प्रतियोगिताले मलाई आफ्नो सोचलाई शब्दमा उतार्न प्रेरित गर्‍यो। यो प्रतियोगितामा सहभागी हुँदा मैले महसुस गरें कि मेरो विचारहरू केवल सपना नभई, तिनलाई ठोस योजना र रणनीतिमा रूपान्तरण गर्न सकिन्छ। यसले मलाई समाजको आवश्यकतालाई गहिरो रूपमा विश्लेषण गर्दै जिम्मेवार नेतृत्वका लागि सोच्न र लेख्न थप प्रेरणा दियो।”

विजयराज जोशी, सुदुरपश्चिम, बझाङ्गको जयपृथ्वी ३ मा जन्मि हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पस प्राकृतिक स्रोत व्यबस्थापन कलेज टिकापुर कैलालीमा स्नातक तह (कृषि बिज्ञान) अध्यनरत छन्। उनी ८ बर्ष भन्दा बढी समयदेखि स्थानीय तह देखि राष्ट्रिय स्तरका सञ्जाल/क्लबमा सक्रिय आबद्ध रहेर बाल अधिकार, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, लैंगिक हिंसा अन्त्य, लैंगिक समानता, बालबालिका तथा किशोरकिशोरीको सिभिक स्पेस, बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्य, बालविवाह अन्त्य जस्ता बिषयबस्तुमा कामहरु गर्दै बालअधिकार, किशोर–किशोरीहरूको सशक्तिकरण र सामाजिक रुपान्तरणका लागि क्रियाशील छन्।

विजयराज नगर बाल सञ्जाल धनगढीका संस्थापक अध्यक्ष, राष्ट्रिय किशोर सञ्जाल नेपालका संस्थापक अध्यक्ष समेत हुन् साथै उनीसँग विभिन्न क्लब, सञ्जाल र संस्थामा रहेर काम गरेको अनुभव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *