अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

भारतीय सहयोगमा निर्माण हुने राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवनको शिलान्यास 

दाङ -भारत सरकारको सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ स्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलान्यास गरिएको छ । उक्त भवनको लसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का र काठमाडौँ स्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा उपमहानगरका प्रमुख तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गर्नुभएको थियो ।

उहाँहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको उपस्थिति थियो ।

‘नेपाल–भारत विकास सहयोग’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु चार करोड ३३ लाख परियोजना लागतमा भवन निर्माण सुरु गरिएको हो । भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधा निर्माण हुने दूतावासले जनाएको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको छ र तुलसीपुर उपमहानगरपालिकामार्फत कार्यान्वयन भइरहेको छ ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइएका छन् । जम्मा ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका र यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *