
दाङ, फागुन २०
घोराही उपमहानगरपालिकाले कर वृद्धि गरेपछि अभियानकर्मीहरूले आन्दोलन गरेका छन । जग्गा मालपोत र व्यावसायिक कर वृद्धिको विरुद्ध दाङको घोराही उपमहानगरपालिकाकै परिसरमा अभियानकर्मीले विरोध सुरु गरेका छन ।

आज फागुन २० गते मङ्गलबार शान्तिपूर्ण धर्ना कार्यक्रम बिहान ११ बजे देखि ३ बजेसम्म चलेको थियो । उक्त धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन नागरिक समाज दाङका संयोजक निमबहादुर थापा, सचिव नारायण श्रेष्ठ, पूर्व अध्यक्ष चन्द्रराज पन्त, पूर्व सचिव लक्ष्मी आचार्य, कांग्रेस नेता भुपबहादुर डाँगि सहित विभिन्न क्षेत्रका अगुवाहरू उपस्थित रहेका थिए ।
घोराही उपमहानगरले गरेको १ सय ३७ प्रतिशत मालपोत कर वृद्धि तथा फोहर व्यवस्थापनको निजीकरण विरुद्ध ‘हाम्रो दाङ हाम्रो जिम्मेवारी अभियान’ले शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेको हो ।