अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै रानी पार्क ताल

बिशाल विश्वकर्मा, फागुन १८
पछिल्लो केही समय यता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १८ स्थित रानी पार्क ताल आन्तरीक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत हेमन्तपुर चोक बाट उत्तर तर्फ करिब १.७ किलोमिटरको दुरीमा यो ताल अवस्थित छ ।

रानी पार्क ताल एउटा कृत्रिम ताल हो । करिब ६० हेक्टर जग्गामा सिंचाईको लागी पानी प्रयोग गर्ने उद्धेश्य सहित पानी संचित गर्न रानी ताल निर्माण गरिएको हो ।

यस क्षेत्रको प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र तालको शान्त परिवेशले आन्तरिक पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । अहिले ताल अवलोकन गर्न, वनभोज खान लगायतको प्रयोजनका लागी दैनिक आन्तरिक पर्यटकहरु यहा आँउने गरेको कोलकाटे टोल बिकास संस्थाका अध्यक्ष नोखराज वलीले बताए । यहाँ पुग्ने पर्यटकहरुले तालमा बोटीङ गरि भरपुर मनोरन्जन लिन सक्छन ।
दुधेगजेरी जलाशय बाट चिनिने यस ताल रानी सामुदायिक वन सङैं भएको हुनाले नाम परिवर्तन गरी रानी पार्क ताल राखिएको स्थानिय बासिन्दाहरू बताउछन ।

 

ताल घुम्न आउने पर्यटकका लागि रानी ताल संरक्षण समितिले प्रवेश शुल्क निशुल्क गरेको छ भने, तालमा बोटिङ गर्ने पर्यटकका लागि प्रति व्यक्ति रु ५० को टिकटको व्यवस्था मिलाइएको छ ।
यस रानी पार्क ताल प्राकृतिक सौन्दर्यका लागि मात्र नभई सिँचाइको प्रमुख स्रोतको रूपमा पनि महत्वपूर्ण रहेको र स्थानीय कृषकहरूले तालको पानी प्रयोग गरी खेतीपाती गर्दै उनीहरूको उत्पादन वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने वलीले बताए ।

ताल वरपरको क्षेत्रलाई थप व्यवस्थित बनाउन सरसफाइ अभियान, वृक्षारोपण तथा अन्य पर्यटनमैत्री कार्यक्रम सञ्चालन भइरहेको वलीले बताए । प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस ताललाई व्यवस्थित र पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्न स्थानीय सरकारले पनि सहयोग गरेको वली बताउँछन ।

 

रानी पार्क तालको उचित व्यवस्थापन गरी यसलाई सिँचाइको दिगो स्रोतका रूपमा विकास गर्न सके यसले कृषिमा आत्मनिर्भरता बढाउन मद्दत गर्ने र तालको व्यवस्थापनले पर्यटनसँगै कृषि उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *