अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

तुलसीपुर महोत्सव नुन नहालेको तरकारी जस्तै भयो

तुलसीपुर, फागुन १८
फागुन १ गते देखि सन्चालनमा आएको दोस्रो तुलसीपुर महोत्सव २०८१ आज फागुन १८ गते एक कार्यक्रमका बिच समापन भएको छ । समापन कार्यक्रममा बोल्ने वक्ताले महोत्सव नुन नहालेको तरकारी जस्तो भएको बताएका छन ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार–शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महोत्सव फागुन १ गतेदेखि सुरु भएको हो । फागुन १ गते देखि सन्चालनमा आएको महोत्सव फागुन १६ गते सम्म सन्चालन गर्ने भनिएको थियो तर दर्शकशरुको उल्लेखनिय सहभागीतालाई मध्यनजर गर्दै आयोजकले महोत्सव ४ दिन थप गर्न भन्दै तुलसीपुर उपमहानगरपालिकामा निवेदन गर्याे ।

तुलसीपुर उपमहानगरपालिकाले २ दिन थप गर्न भनि अनुमति दियो तर जिल्ला प्रशाासन कार्यालय दाङले भने अनुमति नभएको भन्दै १७ गते शनिबार साँझ ७ बजे भित्र नै महोत्सव समापन गर्नु भन्दै आयोजकलाई चिठ्ठी पठायो । आयोजकले जिल्ला प्रशाासन कार्यालयले पठाएको चिठ्ठीको अवहेलना गर्दै गायक दुर्गेस थापालाई फागुन १८ गतेको अतिथि कलाकारको रुपमा आमन्त्रण गर्दै सर्वत्र प्रचार प्रसार पनि गर्यो, फागुन १८ गते दुर्गेस थापालाई हेर्न हजारौँ दर्शक महोत्सव स्थलमा पनि आए । तर प्रहरी प्रशासनको बलमा महोत्सवमा कार्यक्रमले निरन्तरता पाउन सकेन र आयोजकले लज्जास्पद शैलीमा साँझ ४ बजे प्राविधिक समस्या भएको भन्दै दर्शकलाई निराश बनाएर कलाकार आउन नसकेको भनि समापन कार्यक्रमलाई अगाडि बढायो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नं ६ वडा अध्यक्ष दुजमान भण्डारी बर्षातले तुलसीपुर महोत्सव नुन नहालेको तरकारी जस्तै भएको भने ।

यसरी अतिथी कलाकार लाई आमन्त्रीत गरिसकेको अवस्थामा अन्तिम समयमा आएर जिल्ला प्रशासन कार्यालयले महोत्सव रोक्दा खल्लो भएको भन्दै यसपालिको तुलसीपुर महोत्सव नुन नहालेको तरकारी जस्तै भएको भने । महोत्सव समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख मेयर टिकाराम खड्का समेत महोत्सव समापन कार्यक्रम उपस्थित नहुँदा तुलसीपुर महोत्सव नुन नहालेको तरकारी जस्तै भएको हो ।

स्थानीय सरकारले अनुमति दियो तर जिल्ला प्रशासनले अनुमति नदिएको भन्दै वडाअध्यक्ष भण्डारीले गुनासो समेत व्यक्त गरे । स्थानीय मेला महोत्सवले स्थानीय स्तरमा उत्पादित सामाग्रीको बजारीकरण गर्नुपर्नेमा महोत्सवमा अधिकांश सामाग्रीहरु छिमेकी मुलुक भारत तथा चिनका देखिएकाले आगामी दिनमा स्थानीय स्तरमा उत्पादित सामाग्रीलाइ स्थान दिनुपर्नेमा जोड दिदै सम्बोधन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *