
तुलसीपुर, १८ फागुन ।
दोस्रो तुलसीपुर महोत्सव २०८१ को आज १८ गते समापन हुने दिनमा तुलसीपुर १९ की १५ वर्षीय बालिका सम्झना खड्का चर्खे पिङ खेल्ने क्रममा लडेर धाइते भएकी छन् ।

उनलाई सामान्य कम्मरमा चोट लागेको र अहिले उनलाई उपचार गराई डिस्चार्ज भएको ईलाका प्रहरी कार्यालयका सूचना अधिकारी सूर्य राणाले जानकारी दिनुभयो ।