अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

लुम्बिनी घोषणा पत्र जारी गर्दै लुम्बिनी युवा सम्मेलन सम्पन्न

कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालको आयोजनामा लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१  सम्पन्न भएको छ । सो अवसरमा रोजगारी र उद्यमशीलतामा युवाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यसहित ‘लुम्बिनी घोषणा पत्र’ जारी गरिएको छ ।

समापन समारोहको अध्यक्षता कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वरले गरेका थिए । त्यसैगरी प्रमुख अतिथिका रुपमा नेकपा (एकीकृत समाजवादी) कोहलपुर नगर कमिटी अध्यक्ष शिवप्रसाद डाँगी रहेका थिए । कार्यक्रममा प्याब्सन बाँकेका पूर्वअध्यक्ष यम रावत, विभिन्न संघसंस्थाका प्रतिनिधि, युवा तथा लुम्बिनी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधित्व गरेका युवाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डाँगीले कोहलपुर नगरपालिकाका मेयर युवा भएकाले नगरवासीको ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै युवाहरुलाई व्यवस्थापन तथा नयाँ प्रविधिसँग जोडेर अगाडि बढ्न आग्रह गरे । साथै, युवाहरुलाई अवसर सिर्जना गर्ने र उनीहरुलाई सशक्त बनाउन आफू निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रतियोगिताका विजेताहरुलाई सम्मान गरिएको थियो । विभिन्न प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी तथा समूहहरुलाई सम्मानपत्र पुरस्कार प्रदान गरिएको थियो । सामूहिक सांस्कृतिक नृत्य प्रतियोगितामा प्रथम बागेश्वरी एकेडेमी, दोस्रो दिव्य विद्या सदन र तेस्रो थारू समूह भरैया (कोहलपुर–१३) स्थान हासिल गर्न सफल भएका छन् ।

वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने आशिका केसी (लक्ष्मी मावि) दोस्रो हुने राधिका बुढा क्षेत्री (गोरखा) र तेस्रो हुने प्रयास देवकोटा (बागेश्वरी) लाई पुरस्कारसहित सम्मान पत्र प्रदान गरिएको कोहलपुर युवा क्लब सञ्जालका महासचिव धनराज योगीले जानकारी दिए ।

कार्यक्रममा विभिन्न व्यक्तित्व तथा संस्थाहरुलाई पनि विशेष योगदानका लागि सम्मान प्रदान गरिएको थियो । सम्मेलनको मुख्य उद्देश्य रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन, तथा युवा सशक्तिकरण रहेको आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष रमेश वरले सहयोग गर्ने सम्पूर्ण संघ–संस्था र व्यक्तिलाई धन्यवाद व्यक्त गर्दै विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरुलाई धन्यवाद दिएका थिए ।

आगामी दिनहरुमा लुम्बिनी घोषणा पत्रको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आगामी दिनहरुमा दोस्रो तेस्रो संस्करणसहित कार्यक्रम अझै भब्य गर्दै जाने बताउनुका साथै देशभरका युवाहरुको सहभागीतामा देशव्यापी युवा सम्मेलन गर्ने प्रतिबद्धता सहित कार्यक्रम समापन गरेको युवा सम्मेलन कार्यक्रमका संयोजक चाईनिज गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *