
कोहलपुरमा जारी लुम्बिनी युवा सम्मेलन एवम् युथ फेस्टिवल २०८१ दोस्रो दिन भव्य रूपमा सम्पन्न भएको छ। कोहलपुर नगरस्तरीय युवा क्लब सञ्जालको आयोजनामा भएको यो फेस्टिवलमा शिक्षा, प्रविधि, राजनीति, वातावरण संरक्षण र समाज सुधार जस्ता विषयमा गहिरो छलफल (बहस) भएको छ।
युवाका पाँच महत्त्वपूर्ण विषयमा बहस कार्यक्रमको दोस्रो दिन पाँच विषयमा छलफल भयो । विभिन्न क्षेत्रका विज्ञ, नेताहरू र युवाहरूले विचार राखेका थिए।

१. राजनीतिमा युवा सत्रमा बाँके क्षेत्र नम्बर १ का सांसद सूर्यप्रसाद ढकाल र पूर्व युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज सहभागी थिए ।
२. राजनीतिमा महिला लुम्बिनी प्रदेश सांसदहरू कृष्णा केसी, बसन्ती अधिकारी, सञ्जुकुमारी चौधरी र कोहलपुर उपप्रमुख संगीता सुवेदीले विचार राखे। सुवेदीले “महिलाको संख्या मात्रै होइन, उनीहरूको प्रभावकारिता पनि बढ्नुपर्छ युवाहरूलाई अवसर दिनुपर्ने कुरामा स्थानीय सरकार प्रतिबद्ध भएको जानकारी दिनुभयो ।
३. वातावरण संरक्षणमा युवा बाँके राष्ट्रिय निकुञ्जका मन्दिप पंगेनी र वातावरणविद् प्रेम बुढा वक्ताका रूपमा उपस्थित थिए। पंगेनीले “युवाले नै वातावरण जोगाउने नेतृत्व गर्नुपर्छ।”वातावरण सम्बन्धि अन्य कार्यक्रम गर्न निकुञ्ज सकारात्मक भएको बताउनुभयो ।
४. प्रविधि, शिक्षा र युवाको सम्बन्ध लुम्बिनी विश्वविद्यालयका रजिष्ट्रार रेग बहादुर भण्डारी, आईटी विशेषज्ञ अंकित श्रीवास्तव र नरेन्द्र न्यौपानेले प्रविधिको महत्वबारे बोले। सफल हुन प्रविधिमा अब्बल हुनैपर्छ । युवाले आफुले केही नयाँ प्रविधि भित्र्याउन सके नयाँ प्रविधि अनुसार शिक्षा स्वास्थ्य र रोजगार सिर्जना गर्न सकिने प्रतिबद्धता जाहेर गर्नुभयो ।
कार्यक्रमको अन्तमा ५. समाज परिवर्तनका लागि युवा बिषयमा शंकर न्यौपाने, सरिता निलसागर र नमस्कार शाहले समाज सुधारमा युवाको भूमिका महत्वपूर्ण भनाई राख्नुभयो।परिवर्तन युवाबाट सुरु हुन्छ। युवाहरूलाई अवसर दिनुपर्ने आम स्थानीयको माग राख्नुभयो। फेस्टिवलको अन्तिम दिनको तयारी आयोजकका अनुसार अन्तिम दिन युवाका सीप, अवसर र उद्यमशीलताबारे छलफल हुनेछ।यो फेस्टिवलले युवालाई सशक्त बनाउने, उनीहरूलाई नेतृत्वमा अघि बढाउने र समाज सुधारमा सक्रिय बनाउने लक्ष्य राखेको छ।लुम्बिनी प्रदेश स्तरीय युवा सम्मेलन २०८१ घोषणा पत्र जारी हुने आयोजक कोहलपुर युवा क्लब संजालका अध्यक्ष रमेश वरले जानकारी दिनुभयो ।