
तुलसीपुर, फागुन १६
दाङको तुलसीपुरमा सन्चालन भैरहेको दोस्रो तुल्सीपुर महोत्सव २०८१ दुई दिन थप गरिएको छ । गत फागुन १ गते देखि १६ गते सम्म सन्चालन हुने भनिएको महोत्सव आज १६ गते समापन नभएर दुई दिन थप गरिएको आयोजकले जनाएको छ ।

महोत्सवको १६ औँ दिनसम्म पनि दर्शकहरूको चाप अत्यधिक रहेकोले दर्शकको चापलाई मध्यनजर गर्दै महोत्सव २ दिन थप गरेको आयोजकले जनाएको छ । २ दिन थप गरिएको महोत्सव फागुन १८ गते समापन गर्ने तालिका रहेको आयोजकले सिएनटीप्रेस संगको कुराकानी मा जानकारी दिएको हो ।
तुलसीपुर महोत्सवले व्यवसाय प्रवर्द्धन संगै सांस्कृतिक कार्यक्रम मार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको छ । महोत्सवमा कृषि, व्यापार तथा घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनी तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताउनुभयो ।
महोत्सवले कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।