अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

तुलसीपुर महोत्सवमा आज चर्चित गायक कृष्ण रेउले आउँदै 

दाङ, १६ फागुन 

तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित गायक कृष्ण रेउलेको प्रस्तुति रहने भएको छ । रेउले नेपाली लोकदोहोरीका लोकप्रिय गायक हुनुहुन्छ । उहाँका गीतहरूले युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्मका दर्शक श्रोतालाई आकर्षित गर्दै आएका छन् ।

महोत्सवमा आज चर्चित गायक नरेश खातीको पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । महोत्सवस्थलमा आज पनि ठूलो संख्यामा दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।

महोत्सवमा आज लोकप्रिय गायक कृष्ण रेउले, नरेश खाती, गायिका रेश्मा पुन, आशा बिसी, गिता सेन्चुरी, छायाँ बुढाथोकी, गायक शिवा संगित,थमन भण्डारी, डान्सर तिर्सना बुढा लगायतको प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताउनुभयो ।

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा फागुन १ गतेदेखि महोत्सव संचालन भइरहेको छ । महोत्सव आज सकिने तालिका रहेपनि समापनको कुनै तयारी नभएको हुँदा थप हुन सक्ने आयोजकले जनाएको छ ।

तुलसीपुर महोत्सवले व्यवसाय प्रवद्र्धनसँगै सांस्कृतिक कार्यक्रममार्फत स्थानीय समुदायलाई मनोरञ्जन प्रदान गरिरहेको छ । महोत्सवमा कृषि, व्यापार तथा घरेलु उद्योगका सामग्रीहरूको प्रदर्शनी तथा बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू पनि भइरहेको महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले बताउनुभयो । महोत्सवले कृषि, व्यापार तथा पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *