अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

तुलसीपुर महोत्सवमा आज चर्चित कलाकार अणु र गोपाल आउँदै 

दाङ, १५ फागुन ।

तुलसीपुर महोत्सवमा आज १५ औँ दिन चर्चित गायिका अणु चौधरी र गायक गोपाल नेपाल जिएम लगायतका कलाकारको प्रस्तुति रहने भएको छ । अणु आधुनिक गितसंगितको ‘क्वीन’ मानिनहुन्छ । उहाँका ‘सैया’, ‘लजालु’, ‘पाउ के पावल’ लगायतका गित निकै चर्चित छन् ।

यस्तै चर्चित गायक गोपाल नेपाल जि.एमका ‘आइएममी गर २/४ हजार’, ‘मेरो माया उल्का भो’, ‘मेरो माया लयो आफन्तैले’ लगायतका गितहरु निकै चर्चित छन् । महोत्सवमा आज पनि दर्शकको उत्साहजनक सहभागीता हुने अपेक्षा गरिएको छ ।

महोत्सवको १४ औं दिन बुधबार दर्शकहरूको अभूतपूर्व भीड देखिएको थियो । महोत्सव सकिने अन्तिमतिर आउँदा दर्शकको उपस्थिति झनै बढ्दै गएको सांस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । उहाँले आज पनि चर्चित कलाकारको दमदार प्रस्तुति रहने भएकाले हजारौँ दर्शकको सहभागीता हुने बताउनुभयो । उहाँका अनुसार आज चर्चित गायिका अणु चौधरी, गायक गोपाल नेपाल जिएमसंगै गायिका सुनिता परियार र स्थानीय कलाकारको पनि प्रस्तुति रहनेछ ।

तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा भइरहेको महोत्सवमा व्यापारिक स्टल, कृषि प्रदर्शनी, बालउद्यान, सांस्कृतिक कार्यक्रम लगायत विविध आकर्षण समेटिएका छन् । महोत्सव मूल आयोजक समितिका अध्यक्ष ऋषिराज भण्डारीले दर्शकको उपस्थितिले उत्साह थपेको बताउनुभयो । उहाँले स्थानीय वस्तुको बजारीकरण र कला संस्कृतिको संरक्षणमा महोत्सवले ठुलो भूमिका खेलिरहेको बताउनुभयो । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *