अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

राप्ती गाउँपालिकाद्वारा जेष्ठ नागरिक समूहबीच माैलिक लाेक भजन प्रतियोगिता सम्पन्न

तुल बहादुर कवँर मगर / मसुरिया, १४ फागुन

दाङको राप्ती गाउँपालिकाले महाशिवरात्रि पर्वको अवसरमा जेष्ठ नागरिक समूहहरूबीच पालिका स्तरीय माैलिक लाेक भजन प्रतियोगिता सम्पन्न गरेको छ। परम्परागत मौलिक संस्कृति संरक्षण र जेष्ठ नागरिकहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो।

गाउँपालिकाले बुधबार दुई स्थानमा प्रतियोगिता सम्पन्न गरेको थियो। वडा नम्बर १ देखि ४ सम्म वडाका समूहहरूबीचको प्रतियोगिता राप्ती गाउँपालिका-३ मसुरिया स्थित शिरीचौर शिव मन्दिरमा तथा वडा नम्बर ५ देखि ८ सम्म वडाका समूहहरूबीचको प्रतियोगिता वडा नम्बर ८ पिपरी स्थित शिव मन्दिरमा सम्पन्न भएको थियो।

मसुरिया शिरीचौरमा सम्पन्न प्रतियोगितामा वडा नम्बर १ का दिलबहादुर अधिकारीको चप्टारे भजन समूह प्रथम, वडा नम्बर ३ का हिमलाल सुवेदीको राधाकृष्ण भजन समूह द्वितीय, वडा नम्बर २ का शोभाखर भुसालको जयदुर्गे भजन समूह तृतीय तथा वडा नम्बर ४ का जुद्वबहादुर कार्कीको भद्रक्षीदेवी भजन समूह सान्त्वना भएका थिए।

त्यस्तै पिपरीस्थित शिव मन्दिरमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ८ का पदमप्रसाद पौडेलको भजन समूह प्रथम, वडा नम्बर ६ का छुनिलाल चौधरीको भजन समूह द्वितीय, वडा नम्बर ५ का विष्णुप्रसाद पोखरेलको भजन समूह तृतीय तथा वडा नम्बर ८ कै टंकेश्वर चौधरीको भजन समूह सान्त्वना स्थान भएका थिए।

विजयी भजन समूहहरूलाई क्रमशः नगद ८ हजार, ७ हजार, ६ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मौलिक संस्कृति संरक्षणका लागि यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताउनुभयाे। उहाँले भजनकीर्तन पुर्खाको धरोहर भएकाले यसको जगेर्ना गर्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

आधुनिकतासँगै परम्परागत भजन संस्कृतिमा कमी आउँदै गएकाले यसलाई पुनः जागृत गराउन तथा जेष्ठ नागरिकहरूको सम्मानका लागि प्रतियोगिता प्रभावकारी हुने अध्यक्ष विष्टकाे भनाइ थियो। साथै, आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिई नयाँ पुस्तालाई भजन परम्परामा जोड्ने विशेष योजना बनाइने उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *