
बिशाल वली / १३, फागुन / काठमाडौं
थाइल्याण्डको बैङ्ककस्थित आरबिएसी स्पोर्टस कम्प्लेक्समा सम्पन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालले तीन स्वर्ण र रजत तथा एक कांस्य पदक जित्दै प्रभावशाली प्रदर्शन गरेको छ।

धादिङका गौतम ठकुरीले भेट्रान ७७ केजीमुनि (३९ वर्षमाथि) मा स्वर्ण पदक जित्दै नेपाली टोलीको नेतृत्व गरे। श्रवण लामाले ६५ केजीमाथि (२४ वर्ष) को कुमुते एकल कातामा तथा माइकल तामाङले ४५ केजीमाथि (१६ वर्ष) उमेर समूहमा स्वर्ण पदक जिते।
यसैगरी, लक्ष्मण श्रेष्ठ (७५ केजी, २२ वर्ष), एरोन लामा (५० केजीमाथि, २१ वर्ष) तथा टिम कातामा नेपाली टोलीले रजत पदक जित्यो। अभिषेक कार्कीले ५० केजीमाथि (१७ वर्ष) उमेर समूहमा कांस्य पदक जिते।
टोलीका प्रशिक्षक गौतम ठकुरी थिए भने व्यवस्थापकको भूमिकामा भीमप्रसाद नेपाल रहेका थिए। रेफ्रीको रूपमा पूर्णबहादुर थापाले भूमिका निर्वाह गरे। प्रतियोगितामा उज्बेकिस्तान पहिलो, श्रीलंका दोस्रो तथा नेपाल तेस्रो स्थानमा रह्यो।
गौतम ठकुरी ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै फेब्रुअरी १६ मा थाइल्याण्ड उडेका थिए। नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई उच्च स्थानमा पुर्याएको छ।