
मुना बिक / ११, फागुन / दाङ
तुलसीपुर उपमहानगरपालिका १३ फूलबारी कि अस्मिता नेपालीले आफ्नो जन्मदिनको अवसरमा ४४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकि छिन ।

आफुले शिशु कक्षादेखि १० कक्षा सम्म अध्ययन गरेको विद्यालय जनज्योति माध्यमिक विद्यालयमा आफु २१औं वर्ष पार गरेको उपलक्ष्यमा विद्यालयमा अध्ययनरत ४४ जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्री वितरण गरेकी हुन ।
पछिल्लो समयमा आफ्नो जन्मदिन भड्किलो तरिकाले प्रचलन व्याप्त छ। त्यस्तो समयमा सामाजिक कार्यमा आफुले पाइला बढाए अरूले पनि पछ्याउने भन्दै नेपालीले शैक्षिक सामाग्री वितरण गरेको बताउँछिन ।
नेपालीले आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा आफूले पढेको विद्यालयमा आर्थिक अवस्था कमजोर भएका साथै अपाङ्गता भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकि हुन ।
आफुलाई सामाजिक काममा सक्रिय भूमिका निर्वाह गर्दैगर्दा आनन्द महसुस हुने अस्मिता बताउँछिन ।