
तुलसीपुर, ११ फागुन
तुलसीपुरमा जारी “दोस्रो तुल्सीपुर महोत्सव २०८१” को प्रवेश टिकटमा प्रयोग भएको संकेत नियम विपरित रहेको पाइएको छ ।

तुलसीपुरका विभिन्न समाचार माध्यमबाट प्रकाशित समाचारको ध्यानाकर्षण भएको भन्दै आइतबार महोत्सवको आयोजक संस्था चेम्बर अफ कमर्शले एक ध्यानाकर्षण पत्र सार्वजनिक गर्यो जसमा समाचार संस्थाले ” भ्रामक सूचना सम्प्रेषण गरेको” भनेर उल्लेख गर्यो ।

यस बिषयमा महोत्सवको संरक्षकको भूमिका निर्वाह गरिरहेको तुलसीपुर उपमहानगर पालिका का प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगि संग कुरा गर्दा टिकटमा प्रयोग भैरहेको संकेत नियम विपरित रहेको बताएका छन ।
उपमहानगर पालिका आफैले टिकटमा संकेत का लागी पालिकाको छाप तथा अधिकृत स्तरका कर्मचारीहरूको हस्ताक्षर प्रयोग गरेको भन्दै आयोजक ले पालिकाको स्वीकृति तथा पूर्वजानकारी बिना टिकटमा कुनै संकेत प्रयोग गर्न नपाइने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताएका हुन ।
आयोजकले प्रवेश टिकटमा मनमानी संकेत प्रयोग गर्नु उपमहानगरपालिकाको प्रतिलिपि अधिकार विपरित रहेको समेत प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताएका छन । उपमहानगरपालिकाले उपलब्ध गराएको टिकटको डिजाइनमा कुनै पनि कुरा थपघट गर्न उपमहानगर पालिकाको स्वीकृति वा पूर्व जानकारी दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए ।
यस्तो भन्छन तुलसीपुर उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी : https://www.facebook.com/share/v/1AJGjGrL2J/