अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

तुलसीपुर महोत्सवमा चक्र बम र सम्झना भण्डारीको दमदार प्रस्तुति 

दाङ, १० फागुन । 

तुलसीपुर महोत्सवमा शनिबार चर्चित गायक चक्र बम र गायिका सम्झना भण्डारीको दमदार प्रस्तुतिमा दर्शकहरु झुमेका छन् । शनिबारको महोत्सवमा दर्शकको उपस्थिति उल्लेख्य रहेको थियो ।

दर्शकले भरिएको महोत्सवमा लोकप्रिय कलाकारहरूले आफ्नो हिट गीत गाउँ रौनकता छाएको थियो । चक्र बमले ‘ओय काजल’ लगायतका गीतहरू गाएर माहोल तताउनुभयो भने सम्झना भण्डारीले ‘घाँसै काटौँ खोलि दोभान’ जस्ता गीत प्रस्तुत गरी दर्शकलाई नचाउनुभयो । यस्तै हाँस्य कलाकार कमल गाउले, गायक रोशन रतगैया, टंक खड्का तथा नृत्यांगना आरुसी मगर रोशन रत्गैँया, रजिना परियार लगायतको प्रस्तुति रहेको थियो ।

साँझ परिसक्दा समेत कार्यक्रम अवधिभर दर्शकहरूको उत्साहजनक सहभागीता रहेको थियो । महोत्सवमा भोलि चर्चित गायिका शान्ति श्री परियार, अर्जुन सापकोटा, कुल बहादुर वली आउने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो । ‘महोत्सवमा शनिबार पनि दर्शकको उल्लेख्य सहभागीता रह्यो ।’ उहाँले भन्नुभयो–‘आइतबार पनि चर्चित कलाकारको प्रस्तुति रहनेछ, त्यसकारण दर्शकको संख्यामा कमी आउने छैन ।’

तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा जारी महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूको प्रस्तुति रहँदै आएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुनेछ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ महोत्सव सुरु भएको हो ।

महोत्सव तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा तथा तुलसीपुर उपमहानगरपालिकाको संरक्षणमा फागुन १ गतेदेखि सन्चालन भैरहेको छ ।

महोत्सव मूल आयोजक समितिका संयोजक ऋषिराज भण्डारीले महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवर्द्धन गर्न सबैमा आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *