अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

लखन कप फुटबलको उपाधि चौघेरा स्पोर्ट्स एकेडेमीले जित्यो

घोराही, १० फागुन । प्रथम शहीद लखन थापा मगर कप फुटबलको उपाधि चौघेरा स्पोर्ट्स एकेडेमीले जितेको छ ।

नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा घोराहीमा शनिबार भएको फाईनलमा बिएफएललाई २–० गोलले पराजित गर्दै चौघेरा स्पोर्ट्स एकेडेमीले उपाधि उचालेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुर फुटबल मैदानमा भएको फाईनल खेलमा पहिलो हाफ गोलरहित भएपनि दोस्रो हाफमा चौघेरा स्पोर्ट्स एकेडेमीले २ गोल गर्दै उपाधि उचालेको हो । टीमलाई जीत दिलाउन दुवै गोल सागर पुनले गर्नुभयो ।

बिएफएलले पाएको मौकालाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्दै उपविजेता बनेको छ । बिएफएलका खेलाडीले प्रहार गरेको बल बार र पोष्टमा लागेर चार पटक फर्किएको थियो ।

प्रतियोगितामा विजेता बनेको चौघेरा स्पोर्ट्स एकेडेमीले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता भएको बिएफएलले पनि नगद पचास हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार मगर दिवसका दिन फागुन १५ गते प्रदान गरिने प्रतियोगिता सहसंयोजक अशोक घर्तीले जनाउनुभयो । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि उक्त दिन पुरस्कृत गरिने आयोजकको भनाई छ ।

टीमलाई जीत दिलाउन महत्वपूर्ण भुमिका खेल्नुभएका चौघेरा स्पोर्ट्स एकेडेमीका सागर पुन प्लेयर अफ द म्याच हुनुभयो । यसअघि चौघेरा स्पोर्ट्स एकेडेमीले युएनबीसीलाई ४–१ गोल अन्तरले तथा दोस्रो सेमीफाईनलमा बिएफएलले नवलपुर फुटबल एकेडेमीलाई १–० गोलले हराउँदै फाईनलमा प्रवेश गरेका थिए ।

प्रतियोगितामा दाङसहित सल्यान, रोल्पाका गरी कुल १६ टीमको सहभागीता रहेको संयोजक घर्तीले बताउनुभयो । शहीद थापा मगरको स्मृति दिवसको अवसरमा हरेक वर्ष फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको भन्दै आयोजक नेपाल मगर संघले खेलकुदको विकाससँगै शहीदको सम्मानका लागि कार्यक्रम आयोजना गरेको जनाएको छ ।

अब फागुन १५ गते मगर दिवसका अवसरमा नेपाल संघ जिल्ला समन्वय समितिको परिसरमा एक समारोह बीच खेलाडीहरुलाई पुरस्कृत गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *