अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

डिभाइन टेम्पल एकाडेमीले मनायो १६ औं वार्षिक उत्सव

दाङ, ७ फागुन।
तुलसीपुर-६ मा रहेको डिभाइन टेम्पल एकाडेमीले बुधबार आफ्नो १६ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विद्यालयका संस्थापक प्रधान्ध्यापक भोजराज न्यौपानेको अध्यक्षता तथा लुम्बिनी प्रदेशको पूर्व मुख्यमन्त्री माननीय डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तुलसीपुर-६ का वडा अध्यक्ष दुजमान भण्डारीले विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्नुपर्ने र अभिभावकहरूको चासो र सहभागिता अझै बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा अभिभावक, शिक्षक,विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चौधरीले १२ कक्षा सकेपछि बैदेशिक पलायनको योजना बनाउने भन्दा पनि शिक्षालाई स्वदेशमै टिक्न सक्ने शिक्षा दिन अहिलेकाे समयमा अति आवश्यक देखिएको बताउनुभयो ।

वार्षिकोत्सव समारोहमा चर्चित गायिक राधिका हमालले विभिन्न सांगितिक प्रस्तुति दिँदा अभिभावक विद्यार्थी उत्साहित भएर रमाएका थिए । गायिका हमालले ‘क्याम्पस पढ्न आउने’ चम्चा पिलेट जस्ता गित प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै  विद्यार्थीहरुले पनि विभिन्न संस्कृति झल्किने नृत्य तथा सांगितिक प्रस्तुती राखेका थिए । बिद्यार्थीहरूले विभिन्न किसिमका बिज्ञान प्रदर्शनी समेत देखाएका थिए । शिक्षिका माधवा शर्मा पाेख्ररेलकाे स्वागत मन्त्वयबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण बिद्यालयका सहायक प्रधानाध्यापक महेश लामिछाने गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *