अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

राप्तीका अध्यक्ष विष्टको प्रश्न : “प्रदेश सरकारको निद्रा खुल्न कति टन फोहर गेटमा थुपार्नुपर्ने हाे ?”

तुल बहादुर कवँर मगर / भालुबाङ, ६ फागुन

संघीय सरकारले फोहर व्यवस्थापनका लागि दिएको ५ करोड रुपैयाँ कार्यान्वयन नहुँदा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गम्भीर असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले प्रदेश सरकारलाई बारम्बार आग्रह गर्दा पनि कुनै ठोस कदम नचालिएको भन्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गर्नुभएको छ।

“बैठक, छलफल, योजना, पुनरावलोकन—सबै भइरहेकै छ, तर कार्यान्वयन खोइ? ‘हामी अध्ययन गर्दैछौं’ भन्ने उत्तर कहिलेसम्म दोहोर्याउने? हामी थाकिसक्यौं,” अध्यक्ष विष्टले आक्रोश व्यक्त गर्नुभएको छ।

राजधानी व्यवस्थापनमा राप्ती गाउँपालिकाले खेलेको भूमिकालाई प्रदेश सरकारले नदेखेको आरोप लगाउँदै उहाँले भन्नुभएको छ, “करिब १०० पटकभन्दा बढी प्रदेश सरकारलाई अनुरोध गरियो, तर बजेट कार्यान्वयनको कुनै छिनोफानो छैन। जनप्रतिनिधिले नै यति धेरै सास्ती खेप्नुपरेको छ भने सर्वसाधारण नागरिकको के हालत होला?”

उहाँले प्रदेश सरकारको ढिलासुस्तीका कारण फोहर व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भइरहेको भन्दै आक्रोश पोख्नुभएको छ। “फोहरको गन्धभन्दा ढिलाइको गन्ध अब असह्य बन्दै गएको छ। प्रदेश सरकारको निद्रा खुल्न अझै कति टन फोहर गेटमा थुपार्नुपर्ने?”

पालिकाले बजेट तत्काल कार्यान्वयन गर्न ७ दिनको अल्टिमेटम दिँदै गत माघ २७ गते गाउँ कार्यपालिकाको टिम नै मन्त्रालय पुगेर मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको थियो।

साे अवधिमा पनि बजेट कार्यनयनकाे कुनै छनक नदेखिए पछि अध्यक्ष विष्टले कडा आपत्ति जनाउनु भएको हाे।

अध्यक्ष विष्टले फोहर व्यवस्थापनका लागि विनियोजित बजेट तुरुन्त कार्यान्वयन गर्न प्रदेश सरकारसँग माग गर्नुभएको छ। यदि अझै ढिलाइ गरिएमा थप कडा कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *