अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा भालुबाङ बजार सरसफाइ 

तुल बहादुर कवँर मगर / भालुबाङ ६ फागुन 

दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ पुलचोक बजार क्षेत्रकाे मंगलबार सरसफाइ गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा राप्ती गाउँपालिका दाङ र ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय शाखा पाखापानीको संयुक्त आयोजनामा तथा विभिन्न संघसंस्था र सुरक्षाकर्मीहरुको सहयोगमा उक्त सरसफाइ कार्यक्रम सम्पन्न भएको हो।

साे अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वर्षको एक दिन मात्रै सरसफाइ

कार्यक्रम गरेर नपुग्ने भन्दै प्रत्येक नागरिकले आफ्ना घर र परिवेशलाई सफा राख्नका लागि जिम्मेवार हुनु पर्ने बताउनुभयो ।

त्यस्तै उहाँले सरसफाईलाई केवल सरसफाइमा सीमित नगरी आनीबानी र आचरणमा समेत सुधार ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयाे।

“सफाई अब हाम्रो संस्कारको हिस्सा बन्नुपर्छ र प्रत्येक व्यक्तिले आफ्नो घर वरपर सफा राख्न आफ्नो जिम्मेवारी सम्झनु पर्दछ,”उहाँले भन्नुभयो।

सरसफाइ कार्यक्रममा पालिकाका कर्मचारी, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पाखापानी शाखाका , राप्ती उद्योग वाणिज्य संघ पदाधिकारी, सशस्त्र प्रहरी बल नेपाल २९ नं. बाहिनी, इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी भालुवाङका सुरक्षाकर्मीहरु, ऐरावती आदर्श बहुमुखी क्याम्पसका शिक्षक तथा विद्यार्थी, रोटरी क्लब अफ राप्ती, आशाका किरण संस्था र टोल विकास संस्थाका पदाधिकारीहरूको सहभागिता थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *