अपडेट
राप्तीमा पशुपालन असल अभ्यास कार्यान्वयन निर्देशिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न नसर्ने रोग नियन्त्रणका लागि खानपान सुधार र जीवनशैली परिवर्तन अपरिहार्य : अध्यक्ष विष्ट भकभके पन सम्बन्धी भोली १ दिने परामर्श कार्यक्रम हुने : आज सरोकारवाला संग अन्तरक्रिया सम्पन्न नेपाल घरेलु तथा साना उद्योग महासंघ द्वारा तुल्सिपुर उपमहानगरपालिकामा महिला उद्यमी समिति गठन दाङमा शोकमग्न परिवारमा अर्को पीडा – श्रीमानको किरियामा बसेकी श्रीमतीको पनि मृत्यु राप्ती गाउँपालिका–३ खुरुरीयामा सञ्चालित एक महिने स्तरोन्नती कटाई सिलाई तालिम सम्पन्न भुपेन्द्रा बुढा स्मृति क्यापिएन सी-क्याप बाजुराको गौमुल गाउँपलिकामा सप्पन्न दाङमा घोडाले लात्तीले हानेर युवकको मृत्यु तुलसीपुरमा स्कुल बससँग स्कुटर ठोक्किँदा, स्कुटर चालक घाइते उद्यमशीलता भन्नुको अर्थ: नक्कल होइन, नवप्रवर्तन हो – खड्का राप्ती गाउँपालिकाका सबै वडा, स्वास्थ्य संस्था र विद्यालयमा विद्युतीय हाजिरी प्रणाली लागू “हामी सबै भिन्न, हामी सबै समान” नारासहित लैंगिक हिंसा निवारण अभिमुखीकरण कार्यक्रम सम्पन्न वैदेशिक शिक्षामा पहिलो रोजाइ, ‘सक्सेस एजुकेशन’ शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित, नयाँ शैक्षिक सत्रमा अन्यौलता दाङमा ८३ वर्षीय वृद्धले गोली हानी आत्महत्या गरेको आशंका राप्ती गाउँपालिका–३ खुरुरीयामा स्तराेन्नती कटाई सिलाई तालिम सञ्चालन, उपाध्यक्ष चौधरीद्वारा अनुगमन तुलसीपुर १३ का दलित तथा विपन्न महिलाहरुलाई सशक्तीकरण सम्बन्धि तालिम खेतबारीमा काम गर्दै कृषक “स्वस्थ बालबालिका नै समृद्ध राष्ट्रका आधार हुन्”: मन्त्री सरु राप्तीमा जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता : कर्मचारी टोली विजयी

निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल अवलोकन कार्यक्रम सम्पन्न

फागुन ३, बुटवल । नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीद्वारा आयोजित लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवन अवलोकन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विकास निर्माणमा युवा पुस्ताको संलग्नतालाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष जीवन पाण्डे, केन्द्रीय कार्यसमिति कार्यवाहक सचिव एवं प्रदेश इन्चार्ज विपिन नेपाल, संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय अध्यक्ष  मनिष भुसाल, पत्रकार मनिष पन्थ, सामाजिक युवा अभियन्ता आविष्कार खनाल लगायत नमस्ते नेपालका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

अवलोकनको क्रममा केन्द्रीय कार्यसमिति कार्यवाहक सचिव तथा प्रदेश इन्चार्ज विपिन नेपालले युवाहरूको भूमिकालाई विशेष रूपमा जोड दिँदै भने, “समृद्ध नेपाल निर्माणको सपना युवाहरूले मात्र पूरा गर्न सक्छन्। विकास निर्माणमा सबैको सहभागिता अनिवार्य छ।” उनले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्यले सम्पूर्ण प्रदेशवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे।

नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष जीवन पाण्डेले युवाहरूको सक्रिय सहभागिता बिना दीर्घकालीन योजनाहरूको विकास सम्भव नभएको उल्लेख गर्दै अस्पताल निर्माण कार्यलाई समयमै सम्पन्न गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। केन्द्रीय अध्यक्ष  मनिष भुसालले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणले समग्र प्रदेशलाई ठूलो फाइदा पुर्‍याउने बताउँदै शीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिए। उनले स्थानीय समुदायले यो अस्पताललाई लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा हेरेको बताए।

यस अवसरमा नमस्ते नेपाल लुम्बिनी प्रदेश कमिटीले क्षेत्रका अन्य विकास योजनाहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै, युवाहरूलाई समाजसेवा र राष्ट्रनिर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गर्‍यो। संस्थापक अध्यक्ष अर्जुन खरेलले आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै आवश्यक परेमा दबावमूलक कार्यक्रमहरू समेत सञ्चालन गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *