अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

अनियन्त्रित भई ट्याक्टर पल्टिदा ४ जना भारतीय नागरिक घाइते 

दाङ, माघ २९

दाङको तुल्सीपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा ४ जना भारतीय नागरिक घाइते भएका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीचोक नजिकै तुलसीपुरबाट फूलबारीतर्फ जाँदै गरेको रा १ त १४२३ नम्बरको सरिया लोड गरेको ट्याक्टर आफै अनियन्त्रित भई पल्टन जाँदा ट्याक्टरमा सवार ६ जना मध्ये ४ जना घाइते भएका छन्।

घाइते हुनेहरुमा भारतको उत्तर प्रदेश सिद्धार्थनगर घर भई हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर छ स्याउले बजार बस्ने वर्ष ४० का ओमप्रकाश लोधीको टाउको र ढाडमा सामान्य भित्री चोट लागेको छ। यस्तै वर्ष १८ का कञ्चनकुमार लोधीको मुख र बायाँ खुट्टामा सामान्य चोट लागेको छ यस्तै वर्ष २५ का बाबुलाल लोधीको दुवै हात र दायाँ खुट्टामा सामान्य चोट लागेको छ।

यस्तै वर्ष २५ का रामकृष्ण लोधीको दुवै खुट्टामा सामान्य चोट लागेको छ। घाइते सबै भारतीय नागरिक हुन् भने दुई जना सकुशल रहेका छन्।

ट्रयाक्टर चालक तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ बस्ने रामकृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिएका छन्।

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *