
दाङ, माघ २९
दाङमा खाना पकाउने क्रममा चुलोबाट शरीरको कपडामा आगो सल्किँदा एकजनाको मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ सग्राम बस्ने ६४ वर्षीय ईश्वरी ओली ले घरमा खाना पकाउने क्रममा चुलोबाट शरीरको कपडामा आगो सल्किँदा पेट र घुँडाको बीच भागमा जल्न गई माघ २१ गते घाइते भएकी थिइन्। उपचारको लागि तुल्सीपुर स्थित चिनारी हस्पिटलमा सामान्य उपचार पश्चात सोही दिन लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।
बुटवलबाट रिफर गरी उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौँ लगिएको थियो। कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार हुन नसक्ने भए पश्चात् यही माघ २८ गते साँझ ५ बजे पुन: राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई उपचार भइरहेको थियो।
उपचारको क्रममा यही माघ २९ गते बिहान साढे ७ बजे उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सूर्य राणाले जानकारी दिएका छन ।