
टेकराज भण्डारी / सल्यान, २८ माघ
बागचौर नगरपालिका वडा नम्बर १२ स्थित बालाजागृती आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक एवं एकीकृत अखिल नेपाल शिक्षक संगठन बागचौर नगर वडा नं १२ का वडा कमिटी अध्यक्ष स्व. वीरबहादुर ओलीको सालिक अनावरण तथा श्रद्धाञ्जली सभा कार्यक्रम गरिएको छ।

ओलीको ४६ वर्षको उमेरमा गत वर्ष सवारी दुर्घटनामा परी मृत्यु भएको थियो। स्व. वीरबहादुर ओलीका बुवाको अध्यक्षता तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय कार्यालय सदस्य एवं सल्यान जिल्ला इन्चार्ज टेकबहादुर डिसीको प्रमुख आतिथ्यतामा सालिक अनावरण एवं श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरिएको हो। सालिक अनावरण गर्दै प्रमुख अतिथि डिसीले स्व – वीरबहादुर ओलीलाई सम्झनुको सार्थकता उहाँले गरेका सकारात्मक कार्यहरूलाई अनुशरण गरेर मात्र साकार हुने बताए ।
नेपाल शिक्षक महासंघ बागचौर नगर समितिका अध्यक्ष रेशमबहादुर ओलीको विशिष्ट अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अतिथिहरू वडा नम्बर १२ का वडाध्यक्ष टिकाराम ओली, निवर्तमान वडा अध्यक्ष दीपक ओली,वडा नम्बर ११ का वडाध्यक्ष केशबहादुर भण्डारी , एकीकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष उमेश कुमार बुढाथोकी ,सदस्य शेरबहादुर डाँगी, जिल्ला समन्वय समिति उपाध्यक्ष रवि किरण ओली, सदस्यहरू धनबिर ओली, वीरेन्द्र परियार, लोकबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।
निवर्तमान वडा अध्यक्ष तथा परिवारका सदस्य दीपक ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संगठनका १२ नं वडाध्यक्ष विनोद ओलीले गरेका थिए।