अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

फोहरलाई मोहर बनाउँदै दाङकाे राप्ती गाउँपालिका

दाङ २८ माघ

दाङकाे राप्ती गाउँपालिकाले फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउँदै स्रोतसाधनको पुनःप्रयोगलाई प्रोत्साहन गर्न नयाँ कदम चालेको छ।

राप्ती गाउँपालिका–२, पुण्यपुरमा फोहरमैला प्रशोधन उद्योग सञ्चालनमा आएको छ।जसले गाउँपालिकाको समग्र वातावरणीय व्यवस्थापनलाई नयाँ दिशा दिने विश्वास गरिएको छ ।

सोमबार आयोजित एक विशेष समारोहका बीच गाउँपालिका अध्यक्ष प्रकाश विष्टले उद्योगको उद्घाटन गर्नुभएको छ। उक्त उद्योग राप्ती गाउँपालिका र ईको फेमिली प्राइभेट लिमिटेड, हेटौंडाको सहकार्यमा स्थापना गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष विष्टले फोहर व्यवस्थापन गाउँपालिकाका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै यस उद्योगले वातावरण संरक्षणका साथै फोहरलाई पुनः प्रयोगयोग्य स्रोतमा रूपान्तरण गर्न टेवा पुग्ने बताउनुभयाे ।

“सफा, हराभरा र समृद्ध राप्ती निर्माणका लागि यो उद्योग महत्वपूर्ण कोसेढुङ्गा सावित हुनेछ”, अध्यक्ष विष्टले भन्नुभयो। गाउँपालिकाभित्र दैनिक रूपमा ठूलो मात्रामा उत्पन्न हुने फोहरमैला उचित व्यवस्थापनको अभावमा वातावरण प्रदूषण बढ्दै गएको अवस्थामा यो उद्योग सञ्चालनमा आउनु स्थानीयवासीका लागि राहतको विषय बनेको अध्यक्ष विष्टले जानकारी दिनुभयो।

उहाँका अनुसार फोहर प्रशोधन उद्योग सञ्चालनपछि जैविक तथा अजैविक फोहरको वर्गीकरण गरी पुनः प्रयोगयोग्य सामग्री उत्पादन गरिनेछ।जसले गाउँपालिकाको आर्थिक उपार्जनमा समेत योगदान गर्ने अपेक्षा गरिएको छ।

स्थानीय तहमा फोहर व्यवस्थापन मात्र नभई त्यसबाट आर्थिक उपार्जन गर्ने अवधारणाका साथ अघि बढेको भन्दै अध्यक्ष विष्टले यो योजना अब अन्य स्थानीय तहका लागि समेत प्रेरणाको स्रोत बन्ने दाबी गर्नुभयो।

समृद्ध राप्ती निर्माणको अभियानलाई टेवा दिने उद्देश्यले फोहरलाई नै आम्दानीको स्रोत बनाउने प्रयास सफल भएमा अन्य पालिकाले पनि यस्ता नवीनतम प्रविधि अपनाउने अध्यक्ष विष्टले जानकारी दिनुभयो ।

गाउँपालिकाले आगामी दिनमा फोहर व्यवस्थापनका अन्य नवीनतम उपायहरू पनि अवलम्बन गर्दै जाने बताउनुभयो । “फोहरलाई सही ढंगले व्यवस्थापन गर्न सकेमा त्यसलाई मोहरमा परिणत गर्न सकिन्छ, राप्ती गाउँपालिकाले यही सिद्धान्तलाई आत्मसात् गर्दै काम गरिरहेको छ”, अध्यक्ष विष्टले भन्नुभयो।

त्यस्तै अध्यक्ष विष्टले फोहरबाट मोहर बनाउने अभियानले दिगो विकास र वातावरणीय संरक्षणको नयाँ सम्भावना खोल्नेमा विश्वास गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *