अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

राप्ती गाउँपालिकाले नयाँ प्रतीक चिन्ह प्रयाेगमा ल्यायो

तुल बहादुर कवँर मगर / भालुबाङ, २८ माघ 

दाङको राप्ती गाउँपालिकाले आफ्नै ऐतिहासिक, सांस्कृतिक, कृषि तथा पर्यटन विशेषता झल्काउने नयाँ प्रतीक चिन्ह (लोगो) आधिकारिक रूपमा प्रयाेगमा ल्याएको छ।

गाउँपालिकाको तेह्रौं कार्यपालिका बैठकले उक्त प्रतीक चिन्हलाई अनुमोदन गरेपछि यसको औपचारिक प्रयोग सुरु गरिएको हो।

गाउँपालिकाले नयाँ प्रतीक चिन्ह निर्माणका लागि विभिन्न सर्त तथा मापदण्डहरु निर्धारण गर्दै दुई पटक सूचना जारी गरे पनि साे अनुरूपको प्रस्ताव प्राप्त नभएपछि पालिकाका कर्मचारी मुमाराम भुसाल र नारायण बहादुर आरसीद्वारा तयार पारिएको डिजाइनलाई स्वीकृति दिइएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।

नयाँ प्रतीक चिन्हमा राप्ती गाउँपालिकाको पहिचान, ऐतिहासिकता, जनजीवन, भूगोल, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीय कुराहरुलाई समेटिएको छ । गाउँपालिकाले यी सम्पदाहरूलाई प्रमुख पहिचानका रूपमा स्थापित गर्दै विकास र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले नयाँ प्रतीक चिन्हले राप्ती गाउँपालिकाको मौलिक पहिचान उजागर गर्नुका साथै स्थानीय स्रोत, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिकाले अबदेखि हरेक सरकारी तथा प्रशासनिक कार्यमा यो प्रतीक चिन्हलाई अनिवार्य रूपमा प्रयोग गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *