
तुलसीपुर, २६ माघ ।
दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ । आईतबार दिउँसो ३ बजेतिर ट्रकले लु.प्र.०२-००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर–७ घुसरीका जंग बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

घोराही–तुलसीपुर सडकखण्डको मोतिपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि अहिले घोराही–तुलसीपुर सडक अवरुद्ध भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएको प्रहरीले बताएको छ ।