अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

साधना पाठशालाको १४ औं वार्षिकोत्सव सम्पन्न

माघ २६ दाङ । साधना पाठशाला तुलसीपुरको १४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विद्यालयका संस्थापक अध्यक्ष ओबिराम भण्डारीको अध्यक्षता तथा पुर्ब राष्ट्रिय सभा सदस्य कोमल ओली को प्रमुख आतिथ्यता एवं नेशनल प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपाने र प्याव्सनका लुम्बिनी प्रदेश सदस्य बासुदेव रिजालको विशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोमल ओलीले शिक्षकहरुको लगनशीलता र मेहनतकै कारण साधना पाठशाला स्कुल शैक्षिक क्षेत्रमा अब्बल बन्दै गएको बताउनुभयो । त्यस्तै अभिभावक, शिक्षक र विद्यार्थी बिच सुमधुर सम्बन्ध राख्नसके विद्यार्थिको सिकाई स्तर वृद्धि गर्न सकिने धारणा राख्नुभयो । बिशिस्ट अतिथी भोजराज न्यौपानेले बालबालिकाप्रती अभिभावकको भुमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।

छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै भएको उहाँको भनाई थियो । साथै उहाँले साधना पाठशालाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । विद्यालयहरुको भिडमा साधना पाठशालाले छुट्टै पहिचान बनाउन सफल भएको उहाँको भनाई थियो । शैक्षिक गुणस्तर सँगै खेलकुद र अतिरिक्त कृयाकलापको आधारमा विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै गएको भन्दै थप उन्नति र प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रममा बासुदेब रिजाल, समाजसेवी तथा यातायात ब्यबसायी बिनोद शर्मा लगाएतले मन्तव्य राख्नुभएको थियो ।

बोल्ने बक्ताहरुले मोबाइल, टिभी र सामाजिक सञ्जालले बालबालिकालाई गर्ने असरको बारेमा चर्चा गर्नुभएको थियो । उनीहरुले प्रविधिको सहि सदुपयोग गर्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरी प्रसाद भण्डारीले विद्यालयको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो । गुणस्तरीय शिक्षा सँगै बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि पुर्ण रुपमा समर्पित भएको उहाँको भनाई थियो ।

कार्यक्रममा अभिभावकको मदन हमालले मन्तव्य राख्नुभएको थियो । त्यस्तै विद्यार्थीहरुको तर्फबाट छात्रा अन्किता के सी र छात्र अभिषेक बस्नेतले मन्तव्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा वक्तित्वकला प्रतियोगिता समेत राखिएको थियो । कार्यक्रममा विधार्थीहरुले  नृत्य, गित, नाटक प्रस्तुत गरेका थिए । विद्यालयले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य शिक्षक गणेश पौडेल र कार्यक्रमको सहजीकरण विद्यालयकि शिक्षिका पुजा परियारले गर्नुभएको थियो । २०६७ सालमा स्थापना भएको साधना पाठशाला हाल कक्षा १० सम्म संचालणमा रहेको छ । पाठशालाले गुणस्तरीय शिक्षा सँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *