अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को उपाधी तुलसिपुर ६ लाई

तुलसिपुर,२५ माघ

दाङको तुलसीपुरमा जारी सर्वाधिक राशिकाे अन्तर वडा स्तरिय रनिङ शिल्ड फुटबल प्रतियाेगिता २०८१ को उपाधिका लागि वडा नं ६ ले प्राप्त गर्न सफल भएको छ ।

तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लबको सहकार्यमा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको फाईनल खेल आज शुक्रबार दिउँसो २ बजे देखि सुरु भएको थियो।

आज शुक्रबार सम्पन्न फाइनल खेलमा वडा नम्बर ८ लाई ४-० गोलले पराजित गर्दै वडा नं ६ ले उपाधी प्राप्त गरेको हो ।

प्रतियोगिताको बिजेता तुलसीपुर उप महानगर पालिका वडा नं ६ ले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गरेको छ भने उपबिजेता तुलसिपुर उपमहानगर पालिका वडा नं ८ को टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

माघ १९ गते देखि संचालित प्रतियोगितामा तुलसीपुर उपमहा नगरका १९ वडा मध्य १६ वडाका टिमको सहभागिता रहेको थियो ।

त्यस्तै ब्यक्तिगत बिधा तर्फ सर्वोत्कृष्ट हुने खेलाडी हरिहर बुढा लाई नगद ८ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट गोल रक्षक तुलसिपुर ६ का प्रतित शेर्पाइली , सर्वाधिक गोलकर्ता तुलसिपुर ६ का सागर गन्धर्व, उत्कृष्ट मध्यपंक्ति तुलसिपुर ८ का राज बहादुर बस्नेत, उत्कृष्ट प्रशिक्षक तुलसिपुर ६ का कमल लामिछाने र उत्कृष्ट डीभेन्स तुलसीपुर ६ का अनिश रसाइली लाई क्रमशःनगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *