अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

तुलसीपुरमा अटो र स्कुल बस ठोक्किँदा चार जना घाइते

दाङ,२५ माघ ।

तुलसीपुरमा आज बिहान अटो र स्कुल बस एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका-९, चुलेसिस्थित दमारगाउँबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ह ४३६६ नम्बरको अटाे बिपरीत दिशातर्फ गइरहेको युनाइटेड एकेडेमी बोर्डिङ स्कुलको रा १ क ६९० नम्बरकाे बस ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो हो।

उहाँका अनुसार दुर्घटनामा अटोमा सवार चार जना घाइते भएका छन्। घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको विवरण:

१. सुमन बि.क. (२८ वर्ष, अटो चालक, तुलसीपुर-३) – दुवै हात, खुट्टा, र टाउकोमा चोट, अवस्था मध्यम।

२. रत्ना कुमारी मल्ल (८० वर्ष, तुलसीपुर-३) – दुवै हात, खुट्टा, ढाड र कम्मरमा चोट, अवस्था मध्यम।

३. गणेश गुरुङ (२८ वर्ष, तुलसीपुर-३) – दुवै खुट्टा, हात, र टाउकोमा चोट, अवस्था मध्यम।

४. भिमा के.सी. (४० वर्ष, तुलसीपुर-३) – दुवै हात, खुट्टा, र टाउकोमा चोट, अवस्था मध्यम।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *