अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न:

विशाल परियार, २१ माघ
हिमचुली बोर्डिङ स्कूलको १८औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि बरुण रावत, सभापति शसिराम पुन, तथा अतिथिहरू युवराज डाँगी, भिविजन रोका, बामदेव पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा एकेडेमिक तथा खेलकुदमा उत्कृष्ट स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई मेडल तथा पुरस्कार प्रदान गरिएको थियो ।

सरस्वती पूजाको अवसरमा अक्षरारम्भ कार्यक्रम समेत सञ्चालन गरिएको थियो, जसमा अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिँदा माहोल अझै उल्लासमय बनेको थियो।कार्यक्रममा व्यवस्थापन समितिका सदस्य भिविजन रोकाले अभिभावकको भूमिकालाई महत्त्व दिँदै विद्यालयलाई दोस्रो पाठशाला भन्दै, पहिलो पाठशाला घर नै रहेको बताए। उनले अभिभावकले दिने शिक्षाले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले संस्कार घरबाटै सिक्नुपर्ने कुरामा जोड दिए। विद्यालयले अहिलेसम्म उत्कृष्ट नतिजा दिँदै आएको र अझै गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहेको बताउँदै उनले सम्पूर्ण स्थानीय बासिन्दालाई आफ्ना बालबालिकालाई यहीँ पढाउन आग्रह गरे। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीयहरूको व्यापक सहभागिताका साथ उत्साहजनक रूपमा सम्पन्न भएको थियो।

विद्यालयकी शिक्षिकाको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक वीर वहादुर वलीले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *