अपडेट
तुलसीपुर बैंकर्सको अध्यक्षमा कोइराला  धार्मिक अन्धविश्वासको नांगो नृत्य : दलितको विस्थापनको घृणित षड्यन्त्र आज चैत ७ गते बिहिबार को राशिफल हेर्नुहोस तुलसीपुरमा युवकलाई रड प्रहार, ५ जना पक्राउ राप्ती बबई क्याम्पसको स्ववियूमा १ सदस्य बाहेक ने.वी संघको प्यानल नै विजयी आज चैत ६ गते बुधबारको राशिफल हेर्नुहोस तुलसीपुरमा खुकुरी प्रहार : एक जना घाइते आज चैत ५ गते मङ्गलबार को राशिफल हेर्नुहोस घरको छतबाट खस्दा १० वर्षीय बालक गम्भिर घाइते प्रधानमन्त्रीलाई गैसस महासङ्घको ज्ञापनपत्र र घोषणापत्र हस्तान्तरण तुलसीपुरमा बस दुर्घटना – १३ जना घाइते आज चैत ४ गते सोमबार राशिफल हेर्नुहोस आज चैत ३ गते आइतबारको राशिफल हेर्नुहोस डिभाइन एजुकेशन फाउन्डेसनको शैक्षिक उडान: पिस पायनर डिभाइनमा गाभियो आज चैत २ गते शनिबार को राशिफल हेर्नुहोस आज चैत १ गते शुक्रबारको राशिफल हेर्नुहोस आज फागुन २९ गते बिहिबार को राशिफल हेर्नुहोस आज फागुन २८ गते बुधबार को राशिफल हेर्नुहोस विद्यार्थीहरूका लागी स्केट पार्क सञ्चालनमा : डिभाइन टेम्पल आज फागुन २७ गते मङ्गलबारको राशिफल हेर्नुहोस

प्रथम त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ कपको उपाधि गणेशस्थान युवा क्लब जुनियरले जित्यो; ९-१ गोलले पराजित गर्दै

विशाल ओलि, १९ माघ धादिङ । प्रथम त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ कप फुटबलको उपाधिका लागि भिडेका बडहरे बाल क्लब (B.B.C) र गणेशस्थान युवा क्लब जुनियर (GYC Junior) बीचको फाइनल खेल माघ १९ गते शनिबार त्रिपुरेश्वर बोर्डिङको खेल मैदानमा सम्पन्न भएको छ।

यस प्रतिस्पर्धामा गणेशस्थान युवा क्लब जुनियरले शानदार प्रदर्शन गर्दै बडहरे बाल क्लबलाई ९-१ गोलले हराउँदै उपाधि जितेको छ। खेल ६० मिनेटको नियमित समय र थप ५-५ मिनेटको अतिरिक्त समय सहित खेलिएको थियो। बडहरे बाल क्लबका कप्तान साजना खड्काले उत्कृष्ट खेल प्रदर्शन गरे, तर टिमको समग्र प्रयास पर्याप्त नपरेको थियो ।

खेलको प्रारम्भ ११:१५ बजे भएको थियो, र यो उपाधि जित्नको लागि दुवै टोलीका खेलाडीहरूले उच्च प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए। प्रतियोगिता त्रिपुरेश्वर इङ्गलिस बोर्डिङ स्कुलको एकल आयोजनामा माघ १७ गतेबाट सुरु भएको थियो र ४ टिमले सहभागिता जनाएका थिए। बडहरे बाल क्लब र गणेशस्थान युवा क्लब जुनियरले आफ्नो-आफ्नो सेमिफाइनल खेल जितेर फाइनलमा स्थान बनाएका थिए। बडहरे बाल क्लबले गणेशस्थान बाल क्लबलाई ३-२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने गणेशस्थान युवा क्लब जुनियरले सुकौरा युवा क्लब जुनियरलाई ३-२ गोलले हराएर फाइनलमा प्रवेश गरेको थियो ।

गणेशस्थान युवा क्लब जुनियरको विजेताले नगद ३,१११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । प्रतियोगिताको च्याम्पियन बनेको टोलीलाई फाइनलपछि नगद, ट्रफी, मेडल र प्रमाणपत्र त्रिपुरेश्वर बोर्डिङको स्कुलको परिक्षाको फाइनलमा नतिजा प्रकाशनको दिन प्रदान गरिने आयोजकले जनाएको छ ।

यो प्रतिस्पर्धा त्रिपुरासुन्दरी गाउँपालिकामा रहेका बच्चाहरूको स्वास्थ्य, सिप र इच्छालाई ध्यानमा राखेर खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *